नेपालमा २५ हजार सक्रिय संक्रमित संख्या पुगे फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस


प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या २५ हजार भन्दा बढी भएमा पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिएका हुन् ।

उनले २५ हजार भन्दा बढी संक्रमित भएमा स्वास्थ्य पूर्वाधारको समस्या हुने भएकाले लक डाउनको सिफारिस गरिएको बताए । यस्तै, मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू कम्तिमा एक महिना नखोल्न समेत सिफारिस गर्ने निर्णय गरेको छ । हाल नेपालमा १७ हजार ४१४ संक्रिय संक्रमित छन् । अब ८ हजार सक्रिय कोरोना संक्रमित पुगेमा पुनः लकडाउन गर्न सिफारिस गरेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com