‘ज्वरो नाप्नेछौं, यात्रुलाई मास्क र सेनिटाइजर दिनेछौं, बस आधा खाली राख्नेछौं’ : बस व्यवसायी


प्रकाशित मिति : आश्विन ३, २०७७ शनिबार

विश्वव्यापी कोरोना महामारीका कारण लामो समयको लकडाउनसँगै सबैभन्दाबढी प्रभावित बनेको यातायात क्षेत्र सरकारले असोज १ गते देखि लामोदुरी सवारीसाधन सञ्चालन गर्ने अनुमति दिएसँगै छिटफुट रुपमा सञ्चालनमा आएका छन् । ६ महिना लामो लकडाउनपछि लामो दुरीका सवारीका साधन सञ्चालनमा आउने भएपनि स्वास्थ्य सुरक्षाको व्यवस्थापन तथा लामो समय त्यसै थन्किएर रहेका सवारीको मर्मतलगायतका चुनौतीहरु भने यथावत नै रहेका छन् ।

सरकारले लामो दुरीका सवारीका साधन सञ्चालनमा आउन दिने भने पनि व्यवसायीहरुले यसलाई कसरी व्यवस्थापन गरी यातायात सञ्चालन गर्दै छन् भन्ने बारे पश्चिम नेपाल बस ब्यवसायी प्रालिका सञ्चालक ( तत्कालिन पश्चिम नेपाल बस व्यवसायी संघ  वरिष्ठ उपाध्यक्ष )  नारायण घिमिरेसँग खसोखासकर्मी सुरज घिमिरेले गरेको कुराकानी ।

महामारीकाबीच कसरी यातायात सञ्चालन गर्ने तयारी गर्नुभएको छ ?

विश्वव्यापी कोरोना महामारीका कारण लामो समयको लकडाउनसँगै सबैभन्दाबढी प्रभावित बनेको यातायात क्षेत्र हो । नेपाल सरकारले असोज १ गते देखि लामोदुरी सवारीसाधन सञ्चालन गर्ने अनुमति दिएसँगै हामिले छिट्फुट रुपमा सञ्चालन सवारी साधन सञ्चालनमा ल्याएका छौं । हाम्रो प्रालि अन्तर्गतका २५ सय सवारीसाधन मध्ये हामीले ५ प्रतिशत सवारी साधन मात्र सञ्चालनमा ल्याएका छौं । कोरोना संक्रमणको उच्च जोखिम पनि कायमै रहेको र यात्रुलाई पनि आवतजावतमा सजिलो होस भन्ने उद्धेश्यले हामिले असोज ६ गते ५० प्रतिशत सवारीसाधनलाई सञ्चालनमा ल्याउने योजना गरेका छौं ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लामो समय त्यत्तिकै थन्किएर रहेका सवारी साधन पुनः सञ्चालन गर्दा थप अप्ठ्यारो होला, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

हामीले ६ महिना बढी लकडाउन व्यहोर्यौ, मुलुक विपदमा परेको अवस्थामा सर्वसाधारणको सेवाको लागि सरकारको निर्णयलाई पालना गर्दै यातायात सूचारु गर्नेे निर्णय गरेका हौं । लामो समय गाडीहरु थन्किएर रहे घाम र पानीले धेरै गाडीहरुको ईन्जिन खराब भएका छन् । हामीले सवारीसाधनहरुलाई सुरक्षित तरिकाले सञ्चालनमा ल्याउने छौं ।

राज्यले निर्णय गरेका अनुरुप यात्रुलाई बसमा चढाउनु अघि सेनिटाइजर र  मास्कको व्यवस्था गर्ने, ज्वरो जाँच गरेर बसभित्र प्रवेश गर्न दिइने, बसभित्र भौतिक दूरी कायम गरिने, सहचालकले पीपीई लगाएर मात्र काम गर्न लगाइने जस्ता मापडण्डहरु पूरा गर्ने छौं ।

कोरोनाले मारमा परेका, ऋणमा परेका यस प्रालि अन्तर्गतका यातायात व्यवसायीहरुलाई सहुलियदरमा पछि तिर्ने गरी केही रकम उपलब्ध गराउने योजना बनाएका छौं । जसले गर्दा व्यवसायीलाईहरुलाई सहज हुनेछ ।

यातायात क्षेत्रमा हालसम्म के–कति आर्थिक क्षति पर्यो होला ? त्यसलाई पूर्ति गर्न कति समय लाग्ला आंकलन गर्नु भएको छ ?

लामो समयको लकडाउनसँगै सबैभन्दाबढी प्रभावित बनेको यातायात क्षेत्र हो यो कुरा सबैलाई अवगत नै छ । हामिले आर्थिक क्षतीलाई आकलन गरेको छैनौं । लामो समय गाडीहरु चौर वा बसपार्कमा रहे । घाम र पानिले धेरै गाडीहरुको ईन्जिन खराब भएका छन् । गाडी व्यवसायीहरुलाई आर्थिक रुपमा पहिले कै अवस्थामा पुग्न केही वर्ष लाग्छ त्यो हामिले आकलन गरेका छैनौं, त्यो कोरोना महामारीमा भरपर्ने कुरा हो । पहिलेकै जस्तै यातायात सहज रुपमा सञ्चालन गर्न कम्तीमा एक वर्ष लाग्छ ।

सरकारको तर्फबाट यातायात व्यवसायीहरुलाई गरिएका राम्रा व्यवस्था तथा थप गर्नुपर्ने कुराहरु के के छन् ?

हालसम्म सरकारले यातायात व्यवसायीहरुमा परेको मर्कालाई सहज रुपमा लिएको छैन् । केही आर्थिक राहत प्याकेजहरु ल्याएपनि ती प्याकेजहरु अस्पष्ट नै छन् । हामिले सरकार सँग राहतको माग गरेका छौं र गछौं पनि । मुख्य कुरा त हामिले प्रदेश सरकारसँग के अप्रेक्षा गछौं भने प्रदेश ५ का सबै प्रमुख जिल्लाहरुलाई बोलाएर वा उहाँहरुसँग बैठक बसेर यातायात सञ्चालनमा सहज वातावरण मिलाईदिन आग्रह गछौं । प्रत्येक सवारीसाधनमा कडा भन्दा कडा निगरानी गरेर, स्वास्थ्य सुरक्षामा कडा निगरानी गरेर यातायात सञ्चालनमा सहज बनाईदिन अनुरोध गर्दछौं ।

चाडवाडको समय छ, यात्रुहरुको भींड थप बढ्ने सम्भावना छ । कोरोना संक्रमणसँग पनि बच्नु पर्ने चुनौती छ, कसरी व्यवस्थापन गर्नुहुन्छ ?

नेपालीहरुका महान चार्डपर्व वडा दशैं तथा विजयादशमी नजिँकिदै छन् । यो समयमा यात्रुहरुको उच्च चाप हुने गर्दछ । साथै कोरोना संक्रमणको उच्च जोखिम छ । हामीले यात्रु गाडीमा चढिसकेपछि मास्क, सेनिटाईजरको व्यवस्थामा गछौं । गाडी भित्र हामीले ५० प्रतिशत मात्र यात्रुहरुलाई चढाउने छौं । यात्रुको संख्या बढ्दै गयो भने हामीसँग रहेका र सञ्चालन नभएका सवारीसाधनलाई पनि विस्तारै सञ्चालनमा ल्याउन्छौं ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com