अमेरिकाको कलाकार र एक्स्ट्राअर्डिनरी भिसा जारी गर्दाको निर्देशिकामा विस्तार


प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार

अमेरिकी सरकारको युएससीआईएसले अमेरिकाको कलाकार भिसा पी र एक्स्ट्राअर्डिनरी भिसा ओ का सन्दर्भमा निर्देशिकाका विस्तार गरेको छ । एक्स्ट्राअर्डिनरी भिसा ओ प्रदान गरिने गरिने योग्यताको मूल्यांकन सन्दर्भमा यो निर्देशिका जारी भएको हो ।

युएससीआईएसका अधिकारीहरुले भिसा स्वीकृत गर्दा कसरी आवेदकले सबै मापदण्डहरु पूरा गरेको छ भन्ने निर्धारण गर्नका लागि गाइडलाइन दिइएको छ । त्यस्तै आवेदकले चलचित्र क्षेत्र र टेलिभिजन उद्योगमा असाधारण उपलब्धीहरु हासिल गरेको कुरा प्रमाणित गर्ने समग्र अवस्थाको मूल्यांकन कसरी गर्ने भन्ने सन्दर्भमा पनि गाइडलाइन दिइएको छ ।

पोलीसी अलर्ट यहाँ पढ्नसक्नुहुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी पी भिसामा आउनेहरुका सन्र्दभमा पनि युएससीआईएसले पहिलेको गाइडलाइनलाई थप व्यवस्थीत गरेको छ । त्यस्तै पी भिसामा आउनेहरुलाई सहयोगका लागि आउने अत्यवाश्यक कर्मचारीहरुका सन्दर्भमा समेत युएससीआईएसले पहिलेको निर्देशिकालाई समावेश गरेको छ ।

अमेरिकामा विज्ञान, कला, विजनेश, शिक्षा, खेल लगायतका क्षेत्रमा असाधारण क्षमता भएका व्यक्तिहरुलाई ओ वान भिसा प्रदान गरिदै आएको छ । त्यस्तै चलचित्र क्षेत्र र टेलिभिजन क्षेत्रमा असाधारण उपलब्धी गरेकाहरुलाई पनि ओ वान भिसा प्रदान गरिन्छ । अमेरिकामा अस्थायी रुपमा आफ्नो क्षमता वा उपलब्धी भएको क्षेत्रमा काम गर्न आउनुपरेमा यो भिसा लिन सकिन्छ । उनीहरुका लागि सहयोगी कर्मचारीहरुले ओ टु भिसा पाउन सक्छन् ।

पी भिसाका सन्दर्भमा भएको अपडेट यहाँ पढ्न सक्नुहुनेछ ।

त्यस्तै खेलाडी, प्रशिक्षक र मनोरञ्जन क्षेत्रमा काम गर्नेहरुले पी वान, पी टु र पी थ्री भिसा प्राप्त गर्नसक्छन् । यदि व्यक्ति असाधारण क्षमता वा योग्यताको छैन भने पनि यो श्रेणीको भिसा प्राप्त गरेर अमेरिकामा अस्थायी रुपमा काम गर्न सकिन्छ ।

ओ भिसाका सन्दर्भमा भएको अपडेट यहाँ पढ्न सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com