महामारीमा बढेको साइकल क्रेज: फिटनेश र स्वच्छ वातावरण दुबैका लागि फाइदा


प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार

– सुरज घिमिरे

बढ्दो शहरीकरणसँगै व्यवस्त जीवनशैलीमा फिटनेशको चाहना जो कोहीलाई हुन्छ । पछिल्लो समय विश्वव्यापी कोरोना महामारी र लकडाउनले मानवीय जीवन शैली नै परिवर्तन गरेको छ । खानपान तथा दैनिक रहनसहन परिवर्तनसँगै शरिरलाई स्वस्थ राख्न मानिसहरु विभिन्न वकल्पको खोजिमा देखिन्छन् ।

यसैबीच उद्योगी व्यवसायी तथा हाई प्रोफाइलका व्यक्तिहरुका लागि जगीङ र फिजिकल फिटनेशका लागि गतिलो विकल्प बनेको छ ‘साइक्लिङ’ । ५ वर्ष अगाडी यसप्रतिको आर्कषण वृद्धिका लागि रुपन्देहीमा साइकल संघ गठन गरिएको थियो । यसका अभियान्ताका रुपमा परिचित भएका छन् साइकल यात्री पुकार थापा । विशेष गरी तराईका जिल्लाहरुमा साइकल क्रेज बढ्दै गएको बताउँछन् उनी ।

पुकारको साइकलयात्रा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनी सानै उमेरदेखि साइकल चलाउन मन पराउने व्यक्ति हुन् । तर रुचि बढ्नुको कारण भने विशेष भएको बताउँछन् ।

‘सन् २००९ मा पढ्नका लागि म बेलायत पुगे । त्यहाँ बस्दा साइकल चलाउने स्थानीयबाट प्रभावित भए, धेरै फाइदा मिल्ने जानकारी पनि पाए । अधिकांश बेलायती साइकल कुदाउन रुचाउँछन् । ट्राफिक जामको तनाव नहुने, साइकल लेनबाट कुदेपछि समयमै अफिस पुगिने । दुई वर्षसम्म म पनि साइकल चलाएरै काममा गएँ,’ पुकार भन्छन् ।

त्यस्तो अनुभव सँगालेर उनले सन् २०१२ मा म स्वदेश फर्किएर साइकल किने र कुदाउन थाले । सुरुवातमा एक्लै थिए । बिस्तारै साथीहरूलाई पनि समूहमा जोडे । समूह ठूलो भएपछि उनकै अगुवाइमा त्यसै वर्ष बुटवल साइकल क्लब गठन भयो । आबद्धता बढ्दै गएपछि क्लबलाई बुटवल बाइकर्स सिटीको नाम दिए । यसैगरी वि.स.२०७० सालमा रुपन्देही साइकल संघ गठन गरी काम गरिरहेका छन् ।

कोरोना महामारीले बढाएको साइकलको महत्व

पुकार भन्छन् -‘तराईका अधिकांश ठाउँमा आउजाउ गर्न तथा सामान ओसारपसारका लागि परम्परागत साधनको रुपमा साइकलको प्रयोग गरिँदै आएको छ । पछिल्लो समय यसको प्रयोग बाध्यता भन्दा बढी सौखको विषय बनेको छ । हामीले साइक्लिङको बारेमा फैलाएको सचेतनाले पनि यसप्रतिको आकर्षण बढेको हो । तर विश्वव्यापी कोरोना कहरले साइकल क्रेज अझ बढाएको छ ।’

‘लकडाउनले मानवीय क्रियाकलपामा कमी आयो, आफूलाई फिटनेश कसरी राख्ने भन्ने चिन्ता बढ्न थालेपछि मानिसहरु साइकल यात्रामा आकर्षित भएका छन् । विगतमा १५÷१६ जनाबाट साइकल राइडरहरुको संगठन अवको केही समयमा नै ३÷४ सय बढी सदस्यको बन्ने भएको छ । लकडाउनले साइकल क्रेज बढाएको नै हो, अव खाँचो निरन्तरताको हो,’ पुकार भन्छन् ।

शारीरिक रूपमा फिट हुने र जस्तोसुकै बन्दाबन्दीमा चलाउन पाइने भएकाले बालकदेखि प्रौढसम्मको रोजाई साइकल बनेको बताउँछन् पुकार । व्यवसायी, खेलाडी, विद्यार्थी, सञ्चारकर्मी र वित्तीय कर्मचारीसमेत साइकल चलाएर स्वस्थ रहने अभियानमा छन् ।

साइक्लिङ फेशन मोह तथा व्यायामको गतिको विकल्प

तराई क्षेत्रमा परम्परागत रुपमा सामान बोक्नका लागि साइकलको प्रयोग भए पनि पछिल्लो समय हाई प्रोफाइलका व्यक्तिहरुका लागि साइक्लिङ फेशन मोह तथा व्यायामको गतिको विकल्प बनेको छ । यस कारण पनि अब यसको क्रेज घट्छ जस्तो उनलाई लाग्दैन ।

पुकार भन्छन् – ‘हामीले विभिन्न समयमा सचेतनासहितका साइकल र्याली आयोजना गर्ने, जिल्लाका विभिन्न ठाउँमा साइकल क्लब गठन र सचेतनालाई प्राथमिकता दिएका छौ । पछिल्लो समय संघको सदस्य बन्नका लागि धेरै नयाँ साथीहरुले इच्छा व्यक्त गर्नु भएको छ ।’

‘अहिलेको कोरोनाको महामारी केही सहज हुने वित्तिकै अधिवेशन तथा नयाँ सदस्य थप गर्ने तयारीमा छौ । दैनिक जीवनका क्रियाकलापहरुमा समेत सकेसम्म साइकल प्रयोग गर्नका लागि हामीले सल्लाह दिने गरेका छौं,’  पुकारले भने ।

साइकल लेनको आवश्यकता

सरकारले सबै सडकहरुमा साइकल लेनको व्यवस्था गर्नुका साथै सबै सरकारी कार्यालयहरुमा साइकल स्ट्याण्डको व्यवस्था गरी कर्मचारीहरुलाई पनि साइकल प्रयोगमा प्रोत्साहन गर्न आवश्यक रहेको बताउँछन् उनी ।

उनी भन्छन् – ‘मुलुकमा चारपाङ्ग्रे सवारीसाधन नहुँदादेखि साइकल नै यातायातको साधन थियो । व्यक्तिगत स्वास्थ्य तथा स्वच्छ वातावरणका लागि पनि सम्भव हुने ठाउँहरुमा दैनिक काम काजका लागि यातायातको रुपमा साइकल प्रयोगलाई प्राथमिकता सक्यो भने यसले मुलुकबाट वार्षिक रुपमा इन्धन खरिदका लागि बाहिरिने अर्थ नेपालमै रहन सक्छ ।’

साइकल र मानवीय स्वास्थ्य

परम्परादेखि नै यातायातको साधनको रुपमा प्रयोग गरिएको साइकल मानवीय स्वास्थ्यको लागि पनि महत्वपूर्ण रहेको उनी बताउँछन् ।

उनी भन्छन् -‘नेपालमा अझै पनि साइकल यात्राको बारेमा सहि जानकारी र सचेतना अभाव देखिन्छ । सरकारको तर्फबाट पनि सबै सडकहरुमा सुरक्षित साइकल लेनको व्यवस्था, कार्यालयहरुमा साइकल स्टयाण्डको व्यवस्था गर्न जरुरी छ ।’

आफ्नो दैनिक कामकाजमा समेत साइकलको प्रयोग गर्दा आफ्नो गरिमा घट्ने हो भन्ने समाजमा रहेको गलत सोचाई त्याग्नुपर्ने उनको भनाई छ । इन्धन खपत नहुने, वातावरणमा पनि कुनै असर नगर्ने, दुर्घटनाको कम सम्भावना लगायत कारणले पनि साइकल प्रयोगलाई प्राथमिकता दिनुपर्ने उनी बताउँछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com