नेपाल लगायत ६ वटा मुलुकको टीपीएस अन्त्य गर्ने पक्षमा नाइन्थ सर्किट कोर्टको निर्णय


प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार

नेपाल लगायत सुडान, निकारागुवा, हैटी, एल साल्भाडोर लगायतका मुलुकको टेम्पोरेरी प्रोटेक्टेड स्टाटस टीपीएस समाप्त गर्ने पक्षमा नाइन्थ सर्किट कोर्टको निर्णय आएको छ । नाइन्थ सर्किट कोर्टले विगतको तल्लो अदालतको निर्णयबिरुद्ध र ट्रम्प प्रशासनको पक्षमा फैसला गरेको हो ।

रामोसको केसमा सर्किट कोर्टको निर्णयपछि नेपाली लगायतको टीपीएस अन्त्य गर्नका लागि ट्रम्प प्रशासनलाई बाटो खुलेको छ । रामोसकै मुद्दामा भएको फैसलामा नेपाल लगायतका मुलुकको पनि टीपीएसको भविश्य आधारित रहेकाले यो निर्णय अनुशार नेपालको टीपीएसपनि समाप्त गर्न ट्रम्प प्रशासनलाई बाटो खुलेको हो ।

अदालतको निर्णयको पूर्ण पाठ

३ जना न्यायाधिसहरुमध्ये २ जना टीपीएस अन्त्य गर्ने पक्षमा मत दिएका थिए भने एकजना टीपीएस कायम हुनुपर्ने पक्षमा मत दिएका थिए । क्यालिफोर्नियामा रहेको नाइन्थ सर्किट कोर्टको यो निर्णयपछि एल साल्भाडोर, हैटी, निकारागसवा र सुडानकोमात्र होइन नेपाल र होण्डुरसको टीपीएसपनि आगामी जनवरी ४ पछि अन्त्यको बाटो खुलेको छ ।

सर्किट कोर्टको निर्णयबिरुद्ध सर्वोच्च अदालतमा अपिल गरिने उच्च सम्भावना रहको छ । जसका कारण निर्णय कार्यान्वयनमा केही ढिलाई हुनसक्ने देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालसहित ६ वटा मुलुकको टीपीएसको कागजातको म्याद सन् २०२१ को जनवरी ४ मा समाप्त हुँदैछ । एल साल्भाडोर, हैटी, होण्डुरस, नेपाल, निकारागुवा र सुडानका टीपीएसवाहकको वर्क परमिट लगायतका  कागजातको म्याद  सन् २०२१ को जनवरी ४ सम्म मात्र कायम छ ।

म्याद थप्ने बेलामा भविश्यमा अमेरिकी अदालतबाट टीपीएसको पक्षमा कुनै आदेश वा फैसला आएमा अमेरिकी सरकारले पुन दर्ताका लागि सुचना प्रकाशित गर्न वा त्यसको प्रकृयाबारे जानकारी गराउनसक्ने जनाइएको थियो । अमेरिकी सरकारले टीपीएस अन्त्य नगर्नका लागि दिइएका आदेशहरुबिरुद्ध सर्किट कोर्टमा अपिल गरेको थियो । त्यही अपिलबारे आज निर्णय आएको हो ।

टीपीएसको विपक्षमा फैसला आएकाले टीपीएसवाहकलाई देश छाड्न वा स्टाटस एडजस्ट गर्नका लागि सरकारले होण्डुरस, नेपाल, निकारागुवा र सुडानलाई कम्तीमा १२० दिनको म्याद दिनेछ । एल साल्भाडोरलाई भने त्यहाँका टीपीएसवाहक धेरै भएकाले एकबर्षको म्याद दिइनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com