नेपालमा थप ८५५ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र ९, २०७७ मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।  योसँगै नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ।

बितेको २४ घण्टामा थप ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ११९पुगेको छ । देशभर गरी हाल १० हजार ४५३ जना क्वारेन्टिनमा रहेका छन् ।

काठमाडौं उपत्यकामा कोरोना जोखिम बढ्यो, आज भेटिए हालसम्मकै धेरै संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार मात्र काठमाडौँ उपत्यकामा २२४ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६४ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com