आज डेमोक्रेटिक राष्ट्रिय सम्मेलनको अन्तिम रात, भाषणको अभ्यास सकेर बाइडेन तयार


प्रकाशित मिति : भाद्र ४, २०७७ बिहीबार

आज डेमोक्रेटिक राष्ट्रिय सम्मेलनको अन्तिम रात हो । चारदिने डेमोक्रेटिक राष्ट्रिय सम्मेलन आज समाप्त हुँदैछ ।

सम्मेलनले राष्ट्रपति उम्मेदवारमा जो बाइडेन र उपराष्ट्रति उम्मेदवारमा कमला ह्यारिसलाई औपचारिक नोमिनेशन गरिसकेको छ । ह्यारिसले मनोनयन स्वीकार गरिसकेकी छिन् भने जो बाइडेनले आज औपचारिक रुपमा स्वीकार गर्दैछन् ।

बाइडेनले बेलुका गर्ने भाषणको अभ्यास आज दिउसो सकाइसकेका छन् । अब उनी सम्मेलनका लागि तयारी अवस्थामा रहेका छन् । उनले दिउसो डेलावरको चेस सेन्टरमा भाषणको अभ्यास गरेका थिए ।

बाइडेनले आज आधा शताब्दी लामो राजनीतिक यात्राको सबैभन्दा महत्वपूर्ण भाषण गर्नेछन् । उनी सन् १९७० देखि राजनीतिमा सकृय रहँदै आएका छन् । बाइडेनले पहिलोपटक राष्ट्रपति उम्मेदवारमा डेमोक्रेटिक पार्टीको नोमिनेशन स्वीकार गर्ने भाषण गर्न लागेका हुन् ।

बाइडेन पहिलोपटक उनका छोरा बो बाइडेनको उपस्थीतिविना नै डेमोक्रेटिक पार्टीको टिकटमा उपस्थीत हुनेछन् । उनका छोराको सन् २०१५ मा क्यान्सरका कारण निधन भएको थियो । उनका छोरा बाइडेनको अगाडिका चुनावी अभियानहरुमा सकृय रहेका थिए ।

सन् २००८ र २०१२ का दुबै सम्मेलनमा बो बाइडेनले आफ्ना पिताका बारेमा मन्तब्य दिएका थिए । बो बाइडेन इराक युद्धका समेत भेट्रान रहेका थिए । आजको सम्मेलनमा उनको बारेमा भिडियो प्रस्तुत गरिनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com