भ्यालीका २६ विद्यालयमा ताला !


प्रकाशित मिति : बैशाख १३, २०७४ बुधबार

संयुक्त विद्यार्थी संगठनले बुधबार केहि निजि विाद्यालयमा तालाबन्दी गर्ने भएको छ ।

सरकारको तोकेको सिलिङ र सर्वोच्च अदालतले दिएको आदेश विपरीत शुल्क बढाएका निजी विद्यालयमा तालाबन्दीको सूचीमा राजधानीका २६ विद्यालय परेका जनाईएको छ ।

विद्यार्थी नेताहरुले काठमाडौं, ललितपुर र भक्तपुरका ठूला भनिएका २६ विद्यालयको तालाबन्दी गर्नका लागि सूची तयार पारेका छन् ।
हाल नाम गोप्य राखिएका ती विद्यालयहरुको लेखा र प्रशासन शाखामा तालाबन्दी गर्ने कार्यक्रम तय गरिएको जनाईएको छ ।

तालाबन्दी गर्नका लागि भ्यालीका २६ विद्यालयको लिष्ट बनाएको र ट्रष्टमा गएका सामुदायिक बाहेक शुल्क बढाएका विद्यालयहरु नछुट्ने जनाईएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कतिपय निजी विद्यालयले सरकारले तोकिदिएको सिलिङभन्दा बढी शुल्क लिएको भन्दै कांग्रेस, एमाले, माओवादी केन्द्र, माले, जनमोर्चा लगायत दल निकट विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन् ।

मंगलबार देशभरका जिल्ला शिक्षा कार्यालय अगाडि धर्ना दिएका विद्यार्थी संगठनहरुले बिहीबार प्याब्सन र एनप्याब्सनको कार्यालयमा पनि तालाबन्दी गर्ने कार्यक्रम राखेका जनाईएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com