आमा देखे भोक हराउँछ (आमा सम्झाउने उखान टुक्का)


प्रकाशित मिति : बैशाख १३, २०७४ बुधबार

बुधबार मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन सबैले आफ्नी आमालाई सम्झेका छन् । कतिजना आमालाई भेटेरै मीठो खानेकुरा खान दिई श्रद्धा व्यक्त गर्दैछन् भने भेट्न जान नपाउनेहरुले फेसबुक र ट्वीटरमार्फत आमाको सम्झना गरेका छन् । आमाको सम्झनामा उखानटुक्का पनि धेरै प्रचलित छन् । आमालाई सम्झाउने केही उखान हेरौं :

 

  • आमाको दूधको भारा कति गरे पनि तिरिंदैन
  • आमा छउञ्जेल माइति
  •  आमा छउञ्जेल मीठो मसिनो, बाबु छउञ्जेल लामो चोलो
  • आमा छोरीको ऐचोपैंचो, बाबु छोराको लेनदेन
  • आमा जगल्टे, छोरो पखेटे, नाति मट्याङ्ग्रे
  • आमाजस्ती सासू भए किन आउँथे आँसु
  • आमा झुत्री, छोरी कुप्री, नातिनी सल्सलाउँदी
  • आमा तिरको मामा न बाबु तिरको काका
  • आमा तिरको साइनु न बाबु तिरको साइनु
  • आमा दयामा पाइन्छिन्, बाबु पाउन मात्र दुर्लभ छ
  • आमा दिन्छे, छोरी खान्छे
  •  आमा देखे भोक हराउँछ
  •  आमा, धानका भातको कुरा गर न, खाए जस्तो त हुन्छ
  •  आमा पछिको मामा, दाजु पछिकी भाउजु
  • आमा पट्टकिो न बाबु पट्टकिो
  • आमा बाबु उठेका, छोराछोरी सुतेका
  • आमा बाबुको थाप्लोमा गीर खेल्ने, स्वास्नीले हप्काएपछि लगलगी काम्ने
  •  आमाबाबुको नाता पुरानो, छोराछोरीको नाता नयाँ
  • आमा बाबुको मन छोरा छोरी माथि, छोरा छोरीको मन ढुंगामुढा माथि
  • आमा बाबुको माथि हिंड्ने, स्वास्नीलाई शीरमा धर्ने
  • आमा बाबुको माया छाती भित्र, तरुनीको माया अँगालोभित्र
  • आमाबाबु थिएनन्, बिहे गरिदिएनन्
  • आमा बाबुले भनेको मानिन, आफुले जानिन, बेला पनि बित्यो, बुद्धि पनि पलायो
  • आमा बिनाको के घर, बाबु बिनाको के थर
  • आमा बिनाको घर के काम
  • आमा बिनाको संसार सधैं अँध्यारो
  • आमा भए बालाई किन अर्काको दोष लाग्थ्यो रु
  •  आमा भन्दा छोरी चर्की
  • आमा भन्दा छोरी जान्ने
  •  आमा भन्दा छोरी बाठी
  • आमा भीख माग्न दिन्नन्, बाबु खान दिंदैनन्
  •  आमा मरेको छोरो बिग्रिदैन, बाबु मरेको छोरो सप्रँदैन
  • आमा र भाउजु एउटै हो
  • आमा लहरे, बाबु पहरे, दाजु कोपिले, भाइ भुकुल्ले
  • आमालाई छोराका विहाको कुरा मात्रै गर्न पाउँदा पनि बुहारी ल्याए जस्तै लाग्छ
  • आमालाई छोराछोरीलाई गर्भैदेखि लात हान्छन्
  • आमाले काटेको र बाबुले चाटेको
  • आमाले कुट्दा दुख्दैनन्
  • आमाले दिएको सिस्नाको तिहुन पनि खीरैखीर हुन्छ
  •  आमा सम्झे मातातीर्थ जानू, बाबु सम्झे गोकर्ण जानू
  • आमा सित मामाको बखान
  •  आमा हुन साह्रो, बाउ हुन सजिलो
  •  आमैका अगाडि बाबैका दुहाई
  • आमाका पेटबाट र कुमालेका चक्रबाट राता, काला, नीला थरीथरीका निस्कँदै जान्छन्
  • आमाका पेटबाटै जानेर त कोही पनि आएको हुँदैन
  • आमा चाहिं बेस्करी कुट्ने, छोरो चाहिं ए आमा ए आमा भन्दै उठ्ने
  • उज्यालो अनलाइनबाट
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com