डेमाक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन सुरु, हेर्नुहोस् लाइभ


प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार

अमेरिकामा डेमोक्रेटिक पार्टीको चारदिने राष्ट्रिय सम्मेलन सुरु भएको छ ।  पूर्णरुपमा भर्चुअल कार्यक्रमका लागि अमेरिकाका विभिन्न स्थानमा ४ वटा सेटहरु बनाइएको छ । न्युयोर्क सिटी, लस एन्जलस, मिलाउकी र डेलावरको विल्मिङटनमा सेटहरु बनाइएको छ ।

राष्ट्रिय सम्मेलनले आगामी चुनावका लागि राष्ट्रपति र उपराष्ट्रपति उम्मेदवारको औपचारिक रुपमा अन्तिम नामाकंन गर्नेछ । जस अन्तरगत राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिसको नाम औपचारिक रुपमा घोषणा गरिनेछ ।

सामान्यतया सम्मेलनहरु घण्टौं हुने भएपनि योबर्षको सम्मेलनको मुख्य भाग तीनदिनसम्म हरेक दिन दुईघण्टाका दरले आयोजना गरिनेछ । आजदेखि हरेक दिन बेलुका न्युयोर्क समय ९ बजेदेखि ११ बजेसम्म सम्मेलनको आयोजना गरिने छ ।

सम्मेलन सुरुमा विसकन्सिनको मिलाउकीमा जुलाईको मध्यमा तय गरिएको थियो । तर कोरोनाको महामारीका कारण सम्मेलन पछाडि सार्नु परेको हो । कोरोनाको महामारीका साथै राष्ट्रपति पदका लागि जो बाइडेन बाहेक डेमोक्रेटिक पार्टीका अन्य उम्मेदवारहरु मैदानमा नभएका कारण यो सम्मेलन विगतका भन्दा फरक हुनेछ ।

बाइडेनले विहिबार औपचारिक रुपमा डेमोक्रेटिक पार्टीका तर्फबाट नोमिनेशन स्वीकार गर्नेछन् । त्यसक्रममा हुने आफ्नो डेलावरको घर नजिकै विल्मिङटनमा रहेको लगभग रित्तो बलरुममा विशेष सम्बोधन गर्नेछन् ।

आज पहिलोदिन ओहायोका पूर्व गभर्नर जोन कासिच र भर्मोन्टका सिनेटर बर्नी स्याण्डर्सले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जोन कासिच रिपब्लिकन गभर्नर थिए भने बर्नी स्याण्डर्स समाजवादी सिनेटरका रुपमा परिचित छन् ।

ओबामा र क्लीन्टन दम्पत्तिको सम्बोधन पनि कार्यक्रमको विशेष आकर्षण हुनेछ । बराक ओबामा र मिशेल ओबामा एवं बिल क्लिन्टन र हिलारी क्लिन्टनको दम्पत्ति अमेरिकी राजनीतिका सबैभन्दा चर्चित दम्पत्ति हुन् ।

कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुती समेत रहनेछ । कैयन सम्बोधनहरु पहिले नै रेकर्ड गरिएका छन् भने कतिपय सम्बोधनहरु लाइभ हुनेछन् ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com