३२ वर्ष पछि अपहरणमा परेको छोरो फेला पार्दाको खुशी


प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार

– सिन्दी सुई 

चाइनाकी ली जिङ्जीले हराईरहेको आफ्नो छोराको प्रतिक्षामा तीन दशक बिताईन् । ली जिङ्जीका छोरा अपहरणमा परेका थिए र बेचिएका थिए ।

सन् १९८८ अर्थात आज भन्दा ३२ वर्ष अगाडि अपहरणमा परेका छोरा माओ यिनको खोजीमा ली जिङ्जी दिनरात लागी परेकी थिईन् । जति समय बित्तै जान्थ्यो ली जिङ्जीको आशा बिस्तारै मर्दै गईरहेको थियो । फेरि कुनै दिन छोरासँग भेट होला या नहोला तर उनको मनको कुनै कुनामा माओ यिन फर्किने झिनो आशा भने बाँकी नै थियो ।

हरेक साता छुट्टीको दिन ली जिङ्जी र उनका श्रीमान् आफ्नो छोरालाई घुमाउन चिडियाखाना लैजान्थे वा शहरको मध्य भागमा रहेको शानक्सी प्रान्तको राजधानी झियानमा उनीहरु गईहन्थे । जुन अझै पनि उनको सम्झनामा गहिरो छाप छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

‘एकदिन डेढबर्षका छोरा माओलाई हामीले चिडियाखानामा लगेर गएका थियौं । त्यहाँ उसले एउटा सानो किरा देख्यो । ऊ साह्रै उत्सुक भएर किरालाई हेरिरहेको थियो । त्यो किरा गड्यौला थियो । जब हामीले उसलाई चिडियाखाना बाहिर निकाल्यौं उसको हातमा त्यहि किरा थियो र मेरो अनुहारको नजिक थियो ।’ –  ली बिगत सम्झिन्छिन् ।

माओ यिन, ली जिङ्जी दम्पत्तिका एक्ला छोरा थिए । किनकी चाईनामा एक बच्चा नीतिको प्रावधान थियो । र यस बिषयमा कुनै प्रश्न उठाउन पाईदैन थियो । ली चाहन्थिन्, आफ्नो छोराले धेरै अध्ययन गरोस् र सफल मानिस बनोस् । त्यसैले उनको उपनाम ज्याअ जिया राखेका थिए । जसको अर्थ हुन्छ “महान” ।

‘माओ निकै राम्रो मनका बालक थियो । निकै नै राम्रो व्यवहार थियो । चतुर, आज्ञाकारी र एक समझदार बालक थिए । खासै दुःख नदिने र धेरै रुदैन थिए माओ । त्यसैले सबैले कस्तो राम्रो र ज्ञानी बच्चा भनेर प्रशंसा गर्दथे । हरेक बिहान माओलाई एक किंडरगार्डेनमा छाडेर कामबाट फर्कदासंगै लिएर आउँथे । छोरासंग खेल्न पाउँदा निकै आनन्द आउँथ्यो,’ लि भन्छिन् ।

उनी धेरै खुसी थिईन् । ली अन्न निर्यात गर्ने एक कम्पनिमा काम गर्थिन् । फसल काट्ने समयमा उनले ग्रामीण ईलाकामा आपूर्तिकर्ताका लागी धेरै दिन शहर छाडनुपथ्र्यो । त्यो बेलामा पनि उनी ग्रामिण भेगमा थिईन् ।

एक दिन एक्कासी उनले एक टेलिग्राम प्राप्त गरिन् । त्यत्ति बेला अहिलेको जस्तो फोनको राम्रो सुविधा थिएन । ६ वटा अक्षरमा लेखिएको टेलिग्राममा अरु केहि खुलाईएको थिएन मात्र भनिएको थियो । घरमा तुरुन्तै फर्क ।

उनी भन्छिन् – ‘मलाई थाहा भएन घरमा के भईरहेको छ । हतारमा शीयान फर्किएँ । काम गर्ने ठाऊँका हाकीमले मलाई निकै नै नराम्रो खबर सुनाए । म सुन्न सकिरहेकी थिईन, हाकिमले मलाई सुनाए की मेरो छोरो कतै हराएको छ ।’

‘मेरो दिमाग त्यत्ति बेला खालि र शुन्य भयो । यो हुनै सक्दैन कि म उसलाई नभेटुँ । सन् १९८८ अक्टुवरको महिना थियो त्यो, मेरो छोरो जम्मा दुई वर्ष आठ महिनाको मात्र थियो ।’ –  उनी सम्झिन्छिन् ।

लीका श्रीमान भन्छन् – ‘स्कुलबाट छोरालाई लिएर घर फर्किएर होटलमा पानी चिसो बनाउन खोज्दै थिएँ, मात्र एक दुई मिनेटको लागी मात्र छोडेको थिए । तर जब म फर्किए छोडेको ठाऊँमा छोरो थिएन ।’

एक दिन दुई दिन गर्दै हप्ता बित्यो, छोरोको पत्ता लागेन । अवस्था निकै गम्भिर बन्दै गयो । त्यसपछि उनले छोराको तस्बिरसहित लोकल पत्रिकामा बालक हराएको सूचना दिईन । तस्बिर सहित १० हजार प्रति प्रिन्ट गरेर सियानको रेलबे स्टेशन, बस स्टेशन बरिवरि टाँस्न लगाईन् । तर पनि उपलिब्ध शून्य ।

‘मेरो मुटु एक्दमै दुख्थ्यो । म ठूलो आवाजमा रुन कराउन चाहन्थें ।’ –  ली भन्छिन् ।

‘मैले मेरो हृदय खाली भएको अनुभव गरे, संसार रित्तिएको जस्तो लाग्न थाल्यो ।’

जब छोराको कपडा, खेलौना, साना जुत्ता देख्थिन् उनि कता कता हराउँथिन् । त्यत्ति बेलासम्म ली बेखबर थिईन यस बिषयमा की चीनमा बालबालिका बेचबिखन एक ठूलो समस्याको रुपमा थियो ।

चीनमा द्रुत गतिमा बृद्धि भईरहेको जनसंख्याको आकार नियन्त्रण र गरिबि निवारणको प्रयासका लागी सन् १९७९ मा एक बच्चा नितिको अबधारण पेश गरिएको थियो ।

शहरमा बस्ने दम्पतिहरुले एउटा मात्र सन्तान जन्माउन सक्थे, तर गाउँका दम्पत्तिले दुई वटासम्म जन्माउन सक्थे त्यो पनि यदि पहिलो बच्चा छोरी थिईन भने । बंश चलाउन वा बुढेसकालमा सहाराका लागी उनिहरुले छोरा नै पर्खनका लागी धेरै सन्तान जन्माउन सक्दैनथे । यदि यसो गरिएमा कडा जरिवाना लाग्थ्यो र बालबालिकालाई सामाजिक सुविधाबाट समेत बन्देज गरिन्थ्यो ।

यस्तो अवधारणाले बालबालिकाहरु व्यापकरुपमा अपहरणमा परिरहेका थिए, त्यत्तिबेला बिशेष गरि बालकहरु । तर यस बिषयमा ‘ली’ अनविज्ञ थिईन् ।

छोरा हराएकोमा उनले श्रीमानलाई दोष दिईन् । चार वर्ष पछि उनीहरुको सम्बन्ध बिच्छेद भयो । तर लीले छोराको खोजी कार्यलाई कहिले छोडिनन्, हरेक शुक्रबार काम सकाएर आउँथिन् र आईतबारसम्म खोजि कार्य जारी राख्थिन् ।

आफ्नो छोरा जस्तो देखिने जो कोही देखे पनि गएर सोधखोज गर्थिन् । जिया हराएकै वर्ष अर्को एक शहर शानक्सीको एक शहरमा एक जोडि ग्रामिण दम्पतिले एक केटालाई धर्मपुत्र बनाएको उनले सुनिन् । ति बालक जिया जस्तै देखिन्थे रे ।

उनी बिहानै उठिन र हतारिँदै गईन् । ति दम्पतीको कोठा खोज्नमा धेरै समय खर्च गरिन् ।  रातिराति एक होटलबाट अर्को होटल र अर्को होटलबाट अर्को होटल चाहार्न थालिन् । जब उनले सहि होटल पत्ता लगाईन, ति दम्पतिले त्यो कोठा केहि समय अघि नै छोडिसकेका रहेछन् । तै पनि उनले हरेश भने खाईनन् र मध्य रातसम्म पुनः खोजि कार्य जारी राखिन् ।

पछि उनले ती महिलालाई त भेट्टाईन्, तर ति बालक उनको छोरा थिएनन्, अर्कै बालक थिए । उनी निकै नै निराश र हतास भईन् ।

ली भन्छिन्, ‘यसले मलाई निकै ठूलो धक्का लाग्यो र धेरै असर गरेको थियो । यसबाट मेरी आमा निकै चिन्तित हुनुभयो किनकी मलाई मानसिक स्वास्थ्य समस्या देखिन थाल्यो ।’

एक दिन एकजना साथिले उनलाई अस्पताल लगे ।  डाक्टरले भने – ‘म तपाईकोे शारिरिक घाउलाई त निको बनाउँछु तर तपाईको मुटुको घाउलाई म निको बनाउन सक्दिन ।’

डाक्टरका यि कुराले लीमा निकै परिवर्तन आयो । उनी रातभर सोच्न बाध्य भईन् ।

उनी भन्छिन्  – ‘मैले आफ्ना भावनाहरुलाई नियन्त्रणमा राख्न सकिन भने म साँच्चै पागल हुन्छु र म बौलाए भने म छोरो खोज्न सक्दिन । यदि मेरो छोरा फर्केर आयो र मलाई पागल देख्यो भने उसलाई निकै दुःख लाग्नेछ ।’

त्यसबेलादेखि लीले आफूलाई सम्हाल्न थालिन् । बिरामी हुनबाट जोगिन थालिन । आफ्नो सम्पूर्ण उर्जा पुन: भण्डारण गर्न थालिन् ।

पछि सबै जना मिलेर एक नेटवर्क गठन गरे । धेरै प्रान्तहरुमा यस बिषयमा छलफल गर्न थाले । नेटवर्कले धेरै बाटाहरु देखायो तर दुःखको कुरा अझै पनि जियासम्म पुग्ने माध्यम भने देखाएन । समग्रमा उनले १० वटा चिनियाँ प्रान्तको भ्रमण गरिन ।

लिले ‘बेबी कम होम’ नामक बेबसाईटमा स्वमंसेविकाको रुपमा काम गर्न शुरु गरिन जसले हराईरहेका बालबालिका र अभिभावकसँग पुनर्मिलनको कार्य गर्न मद्दत गथ्र्यो । त्यहाँ धेरै स्वयमसेवकहरु थिए जसले धेरैको हराईरहेका बच्चाहरुलाई घर फर्किन मद्दत गरिरहेका थिए । आफ्नो बच्चा नभेटिए पनि अरुको बच्चा भेटाईदिएर समाज सेवा गर्ने उनले ठानिन् ।

सन् २००९ मा चिनियाँ सरकारले एक डीएनए डाटाबेस स्थापना गर्यो । । जहाँ बच्चा गुमाएका जोडीहरु र अपहरणमा परेका बालबालिकाहरुले आफ्नो डिएनए दर्ता गर्न सक्दथे । यसले हजारौं नसुल्झिएका यस्ता केशहरुलाई सल्झाउन मद्दत गर्यो । । ली का अनुसार हराउनेमा धेरैजसो बालक थिए ।

तिनीहरुलाई खरिद गर्ने निःसन्तान दम्पति थिए वा त छोरीहरु मात्र भएका दम्पत्ति थिए । धेरै जसो गाउँबाट आएका थिए । बितेका दुई दशकमा ‘बेबी कम होम’ र अन्य संस्थाहरुबाट ली ले २९ जना बच्चाहरुलाई तिनका वास्तविक अभिभावकहरुसंग मिलाईन् ।

यो वर्ष १० मे मा मदर डे थियो । उनलाई शीआनको सार्वजनिक सुरक्षा ब्युरोबाट एक अपत्यारिलो खबर आयो । खबरमा भनिएको थियो माओ भेटियो ।

लि भन्छिन् – ‘यो कुरालाई वास्तवमा विश्वास गरिहाल्ने आँट मलाई आएन ।’

अप्रिल महिनामा कसैले उनलाई सियानबाट बच्चा लगिएको जानकारी दिएका थिए र एक युवकको तस्बिर पठाएका थिए । लीले त्यो तस्बिर पुलिसलाई दिएकी थिईन् र उनिहरुले अनुहार पहिचान टेक्नोलोजी प्रयोग गरेर उनलाई ७ सय किलोमिटर टाढा छिमेकी सिचुआन प्रान्तमा छन्तु शहरमा बस्ने एक व्यक्तिसँग चिनाए । त्यस पछि पुलिसले उनलाई डिएनए टेष्टका लागी राजी गरायो ।

मे महिनाको १० तारिकमा डिएनए टेष्ट म्याच भएको जानकारी आयो । फेरि अर्को हप्ता, फेरि दोस्रो पटक पनि डिएनए टेष्ट गराए नतिजा फेरि म्याच भयो र उनी लि कै छोरा हुन भन्नेमा कुनै शंका रहेन । जब उनको हातमा डिएनए टेष्टको रिपोर्ट पर्यो अनि विश्वास गरिन कि छोरा साँच्चै फर्किने भयो भनेर ।

अन्त्यमा, ३२ वर्ष पछि खोजी गर्ने कार्य अन्त्य भयो । १८ मे सोमबारको दिन पुनर्मिलनको लागी रोजिएको थियो । लीका छोरा त्यत्ति बेलासम्ममा वयस्क भैसकेका थिए । अनि विवाहित थिए र आफ्नै कुनै व्यवसाय चलाईरहेका थिए ।

‘भेट हुनुभन्दा पहिले मलाई धेरै चिन्ता लागेको थियो । हुनसक्छ उसले मलाई नचिन्ला वा स्वीकार नगर्ला वा सायद उसले मलाई बिर्सिसकेको होला । म एकदमै डराएको थिएँ । जब म मेरो छोरालाई अंगाल्न जान्छु तब उसले मेरो अँगालो स्वीकारेन भने ? जुन बच्चालाई ३२ वर्षदेखि म निरन्तर रातदिन नभनेर खोज्दै थिए हुनसक्छ, उसले नै मलाई आमा स्वीकारेन भने ? यो घटनाले म निकै निराश र दुखि भए,’ ली भन्छिन् ।

पुनर्मिलनको दिनमा, चीन सेन्ट्रल टेलिभिजनले एक प्रत्यक्ष प्रसारण गरेको थियो । जसमा लि सार्बजनिक सुरक्षा ब्युरोको समारोहमा ‘आमा’ भनेर चिनिईदै थिईन् । जुन दिन मामा, छोरा र बुबासँगै रोए ।

जब उनको छोरा खेलिरहेका थिए कसैले उनको अपहरण गरे । अपहरणको एक वर्ष पछि उनलाई सिचुवान प्रान्तमा एक बच्चा नभएको जोडीलाई बेचियो । उनका धर्म पिता माताले उनको नाम गु निंगि राखेका थिए । उनलाई एक मात्र सन्तानको रुपमा उनको पालनपोषण गरिएको थियो । उनले छन्तु शहरको इलिमेन्टरी स्कुल, मिडि स्कुल र कलेज बढेका थिए ।

अचम्मको कुरा त के भने उनका छोराले उनलाई केहि वर्ष अघि नै टेलिभिजनमा देखेका थिए र सोचेका रहे छन् कमलो हृदयकी महिला रहिछन् भनेर ।

लीलाई उनको छोराको विषयमा जानकारी दिने व्यक्ति भने अज्ञात रहेका छन् ।

उनीहरुको पुनर्मिलन पछि माओले सियानमा एक महिना बिताए, आफ्नै आमा बुबासँग । जुन समयमा आमा र छोराले पुराना आफ्ना तस्बिर हेरेर समय बिताए ।

तर दुःखको कुरा जीयालाई त्यत्ति सानो अवस्थाको कुरा याद नै भएन । धर्म आमाबुबासँगको समय मात्र उनलाई याद आयो ।

ली भन्छिन्, ‘यो यस्तो कुरा हो जले मेरो मुटु छियाछिया बनाउँछ । मेरो छोरो फर्केर आयो, मसंगै छ, तर उसले गरेको जीवनका कुनै पनि पलहरुलाई स्मृतिमा उतार्न सकिरहेकी छैन् । कस्तो विडम्बना !’

र लिलाई यो थाहा छ यो असम्भव छ तर पनि उनि यो चाहन्छिन् की आफ्नो छोरा त्यही २ वर्ष ८ महिनाकै होस् ।

‘हामी त्यहि विगतमा जान चाहन्छौं तर असम्भव छ ।मलाई अझै याद आउँछ त्यो दिनको त्यो पल कि जब हामी पहाड घुम्न गएका थियौं तब जियाले मलाई बोक्न भनिरहेको थियो । आज म त्यहि दिन कल्पना गरिहेको छु,’ –  उनी भन्छिन् ।

अनुवाद र संक्षिप्तीकरण :  तुलसा बस्नेत

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com