अष्ट्रेलियाको सबक्लास १८९ भिसा इन्भिटेसनमा अघिल्लो वर्षभन्दा ६६ प्रतिशतले कमी


प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार

अष्ट्रेलियाको सबक्लास १८९ भिसाको लागि इन्भिटेसनमा अघिल्लो वर्षभन्दा ६६ प्रतिशतले कमी आएको छ।

स्किल्ड इनडिपेण्डेण्ट भिसा ( सबक्लास १८९ ) भिसा स्थायी भिसा हो जुन भिसा होल्डरलाई अष्ट्रेलियाभर कुनै पनि ठाउँमा बसोवास गर्न र काम गर्न अनुमति मिल्छ।

अघिल्लो आर्थिक वर्ष अर्थात २०१८ /१९ मा उक्त भिसाको लागि २२ हजार ९ सय २० इन्भिटेसन जारि भएको थियो। तर २०१९ /२० मा भने ७ हजार ७ सय २० इन्भिटेसन मात्र जारी भएको छ।

तर स्टेट तथा टेरिटोरि भिसामा भने वृद्धि भएको बताइएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com