बलात्कार गरेको अभियोग लागेका वडाअध्यक्ष शाही जेल चलान


प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार

नाताले बहिनी पर्ने किशोरी बलात्कार गरेको अभियोग लागेका वडा अध्यक्ष जेल चलान भएका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका–६ का वडा अध्यक्ष जगदिश शाही पूर्पक्षका लागि जेल चलान भएका हुन् ।

बैनी नाता पर्ने १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले थुनामा राख्ने आदेश दिएकाे हाे ।

जबर्जस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला नभएसम्म पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएकाे कालिकोट जिल्ला अदालतका श्रेस्तेदार  घिमिरेले बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com