गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उहाँको विहिबार परीक्षणका लागि स्वाव संकलन गरिएको थियो । उहाँसँगै उहाँका सल्लाहकारहरुको पनि रिपोर्ट नेगेटिभ आएको छ ।
मन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईकाअनुसार कोरोना परीक्षण प्रतिवेदन शनिबार विहान आएको हो । मन्त्री थापाका राजनीतिक सल्लाहकार सुरेश सुवेदी ‘पथिक’ र सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजीत राईको कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको भट्टराईले बताउनुभयो ।
दैनिकजसो मन्त्रालयमा विभिन्न पक्षसँग भेटवार्ता गर्नुपर्ने भएकाले कोरोना परीक्षणका लागि गत विहिबार स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको प्रेस सल्लाहकार भट्टराईले बताउनुभयो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।