‘न गतिलो बास छ, न त खाने अन्न’


प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार

जाजरकोटको बारेकोट गाउँपालिका–४, ५ र ६ का पहिरो पीडित त्रिपालमा सुत्न बाध्य छन् । गत असार २५ गते सो स्थानमा आएको पहिरोले १२ जनाको अकालमा मृत्यु भएको थियो । पानी पर्नेबित्तिकै त्रिपालभित्र बस्न कठिन हुँदा यहाँका एक हजारभन्दा बढी सर्वसाधाण त्रासमा बाँचेका छन् । जङ्गलभित्र त्रिपाल टाँगेर बसिरहेका उनीहरु भन्दछन् “न गतिलो बास छ, न त खाने अन्न नै छ रु”

झण्डै महिना दिन पुगिसक्दा पनि राज्यको तर्फबाट मन खुशी हुने खालको नयाँ कार्यक्रम तथा व्यवस्थापन नभएको विर्जित सार्कीले गुनासो गर्नुभयो । “एउटा त्रिपालभित्र १२ जनाको परिवार बस्दा कसरी व्यवस्थापन भएको होला रु”, स्थानीय ७४ वर्षीय दुर्गा सार्कीले भन्नुभयो । अधिकांश त्रिपालमा बसाइ भएकाहरु नौ जनाभन्दा माथि नै रहेका छन् । सार्कीटोलका मात्र ३२ जनाको परिवार विस्थापित भएका छन् । खानेपानीका पाइपहरु पहिरोले बगाएका छन् । खोलामा भल पिउन बाध्य भएको सर्वसाधारणको भनाइ छ । जङ्गलमा बास छ, कतिखेर सर्प लगायतका विषालु उभयचर प्राणी आउँछन्, के हुन्छ अत्तोपत्तो नभएको पीडितको भनाइ छ ।

जङ्गलभरि त्रिपाल राखेका कारण दिनमा काम जाँदा साना–साना बालबालिकालाई जङ्गली जनावर आएर मरिदिने डर भएको वडा नं ५ का प्रेम शाहीले जानकारी दिनुभयो । पानी पर्दा सबै पानी त्रिपालबाट घुसेर भित्र पस्दा अधिकांश दिन भोकै बस्नुपर्ने बाध्यता छ । खानेकुरास्वरुप दिएको प्रतिव्यक्ति दुई किलो चामल उहिल्यै सकिएको स्थानीय शिक्षक तीर्थराज बोहोराले जानकारी दिनुभयो । पहिरोबाट बचेको मकै सलह किराले सखाप बनाउँदा हैरान भएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिनुभयो । विस्थापितलाई अहिले राम्रो ओत लाग्ने आवास र खानेकुराको आवश्यकता रहेको छ ।

राहत वितरणमा समेत पक्षपात भएको पीडित बताउँछन् । वडा नं ४ को वडा कार्यालय तालाबन्दी नै गरिएको छ । वडा ५ का खड्क शाहीका अनुसार आफूहरुको नाम काटेर आफन्तको नाम राखिएको छ । पाखाटोलमा १९ जनाको नाम काटेर जनप्रतिनिधिका आफन्तको नाम राखिएको हो । विस्थापित बसेको जङ्गलमा शौचालय नहुँदा जङ्गलभसर फोहर बढिरहेको छ । बालबालिकामा स्वास्थ्य समस्यासमेत देखिएको छ । एक हजार दुईभन्दा बढी सर्वसाधारण विस्थापित भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com