पहिरोले पुरिएर आमा-छोराको मृत्यु


प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार

बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा रिकेश रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमाछोराको मृत्यु भएको उनले बताए । सोह् वर्षीया सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएका छन् । घरमाथिबाट खसेको पहिरोले घर पूर्णरूपमा पुरेको स्थानीय महेश पन्तले जानकारी दिए । घरभित्र पुरिएका दुवै जनाको शव निकालेर परीक्षणका लागि गोकुलेश्वर अस्पताल ल्याइन लागेको प्रहरीले जनाएको छ । घरमाथिबाट पहिरो खस्दा गोठमा बाँधेका गाईगोरुलाई समेत चोट लागेको छ ।

मृतक पशुपतिका श्रीमान् रोजगारीका लागि भारतको पिथौरगढमा रहेका र लकडाउनका कारण घर आउन पाएका छ्रैनन् । घरमाथिबाट खसेको पहिरोले आमाछोराको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको पन्तले बताए । सो ठाउँमा तलतिर पनि पहिरो खस्ने सम्भवना रहेकाले अरु घर पनि पहिरोको जोखिममा परेका उनले बताए । भित्र कमेरोयुक्त माटो भएकाले बलाली पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् ।

लगातार वर्षा भइरहेकाले पहिरोको जोखिम पनि बढ्दै गएको छ । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा बैतडीका आठ स्थानीय तहमा पहिरोको उच्च जोखिम छ । पहिरोले वर्षेनी खेतीयोग्य जमिन र धनजनमा समेत क्षति पुर्याउँदै आएको छ । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com