पोर्चुगल सरकारले चार लाख ७० हजार कामदारलाई रोकिएको तलव दिने


प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार

पोर्चुगलमा चार लाख ७० हजार कामदारले रोकिएको बाँकी तलव पाउने भएका छन् । सरकारले कोरोना संक्रमणका कारण कामदारको रोकिएको बाँकी तलव दिने भएको हो ।

यस्तो सेवा ‘ले अफ’ मा बसेका कामदारको हकमा मात्रै लागु हुनेछ । श्रम, एकता र सामाजिक मन्त्री आना मेन्डेस गोडिन्होका अनुसार कामदारहरू जो काममा छाडिएका थिए र पारिश्रमिक घटेको थियो उनीहरूले स्थिरीकरण अनुपूरण प्राप्त गर्नेछन् । रकम भुक्तानीको काम बिहिबारदेखि शुरु गरिनेछ ।

‘स्टेबलाइजेशन पूरक कर्मचारीलाई आफ्नो बाँकी ज्याला मिल्छ जसको ज्याला आम्दानीमा कमी आएको छ किनकि उनीहरु लेबर कोड अन्तर्गत सरलीकृत व्यवस्था वा ‘ले–अफ’ सिस्टमले कभर गरेको थियो ।’ उनले भनिनु । कामदारहरुले पछिल्लो तीन महिनामा रोकिएको रकम पाउनेछन् । श्रम मन्त्री आना मेन्डेस गोडिन्होका अनुसार कामदारले एक सय युरोदेखि ३५१ युरोसम्म पाउनेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com