सुनको मूल्य तोलाको १ लाख १ हजार ४ सय


प्रकाशित मिति : श्रावण २१, २०७७ बुधबार

सुनको भाउ एक तोलाको एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेकाले नेपालमा पनि यसको प्रभाव परेको हो ।

चाँदीको मूल्य पनि तोलामा ६५ रूपैयाँले बढेको छ। चाँदीको प्रतितोला मूल्य १२९५ रूपैयाँ तोकिएको छ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com