सुनको मूल्य तोलाको १ लाख १ हजार ४ सय
प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार
सुनको भाउ एक तोलाको एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेकाले नेपालमा पनि यसको प्रभाव परेको हो ।
चाँदीको मूल्य पनि तोलामा ६५ रूपैयाँले बढेको छ। चाँदीको प्रतितोला मूल्य १२९५ रूपैयाँ तोकिएको छ
