सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो, ८ जना बेपत्ता


प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ मा पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । एक जनाको जिवित्तै उद्धार गरिएको छ । गएराति करिब दुई बजेतिर आएको पहिरोले कभर्ड हल निर्माणका लागि खटिएका कामदारहरु पुरिएका हुन् ।

पहिरो गए लगत्तै खटिएको प्रहरीले एक भारतीय नागरिकलाई जिवित्तै उद्धार गरेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । अहिले घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानियले बेपत्ताहरुको खोजी गरिरहेको मेलम्ची नगरपालिका प्रशासनले बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com