बेलायतद्वारा थप ६ करोड ‘कोभिड भ्याक्सिन’ को लागि सम्झौता


प्रकाशित मिति : श्रावण १४, २०७७ बुधबार

विश्वभर  महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि बेलायत सरकारले कोरोना भाइरस विरुद्धको  थप ६० मिलियन ( ६ करोड ) भ्याक्सिन किन्नको लागि अर्को सम्झौता गरेको छ ।

कोरोना भाइरसको सम्भावित खोपको लागि बेलायत सरकारले अग्रिम रुपमा गरेको यो चौथो सम्झौता हो ।

‘ड्रग जाइन्ट जीएसके एण्ड सानोफी’ द्वारा उत्पादन गरिने भ्याक्सिनको लागि बेलायत सरकारले अर्को सम्झौता गरेको हो ।

उक्त भ्याक्सिन हाल परीक्षणको रुपमा रहेको तथा भ्याक्सिनप्रति आशावादी रहेको वैज्ञानिकहरुको दावी छ ।

यसघि पनि बेलायतले अक्सफोर्ड युनिभर्सिटीसंग एक सय मिलियन भ्याक्सिनको लागि सम्झौता गरिसकेको छ । यसका अतिरिक्त बेलायत सरकारले थप ९० मिलियन सम्भावित भ्याक्सिन सुरक्षित गरेको छ ।

कोरोना भाइरस विरुद्धको खोपको लागि विश्वभर बिलियन डलरको लगानी गरिएको छ । तर खोपको सफलताको बारेमा भने अझै टुंगो लाग्न सकेको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com