अष्ट्रेलियाको नागरिकता पाउने आप्रवासीको संख्यामा गत वर्षभन्दा ६० प्रतिशतले वृद्धि


प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार

अष्ट्रेलियाको नागरिकता पाउने आप्रवासीको संख्यामा गत वर्षभन्दा ६० प्रतिशतले वृद्धि भएको छ।

इमिग्रेसन तथा सिटिजनसिप विभागले जारि गरेको तथ्यांक अनुसार, आर्थिक वर्ष २०१९/२० मा २ लाख ४ हजार ८ सय १७ जनाले नागरिकता प्राप्त गरेका छन्।

नागरिकता प्राप्त गर्नेमा सबैभन्दा बढी भारतीय र त्यसपछि बेलायति अनि चिनियाँ मुलका व्यक्तिहरु रहेका छन्।

जसमध्ये ३८ हजार २०९ भारतीय, २५ हजार ११ बेलायती, १४ हजार ७ ६४ चिनियाँ, १२ हजार ८ सय ३८ फिलिपिनो, ८ हजार ८ सय २१ पाकिस्तानी, ६ हजार ८ सय ४ भियतनामी, ६ हजार १ सय ९५ श्रीलंकाली, ५ हजार ४ सय ३८ दक्षिण अफ्रिकी, ५ हजार ३ सय ६७ न्युजिल्याण्ड, ५ हजार १०२ अफगानि र ७६ हजार २ सय ६८ अन्य मुलका रहेका छन्।

गत आर्थिक वर्ष अर्थात २०१८ / १९ मा अष्ट्रेलियाको नागरिकता पाउनेको संख्या ८० हजार ६ सय ४९ मात्र रहेको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com