४ लाख घुससहित गौतमबुद्ध विमानस्थलका कर्मचारी पक्राउ
प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2019/04/arrest-2.jpg?fit=800%2C533&ssl=1)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार लाख घुससहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका सहयोगी विश्वनाथप्रसाद लोध र स्थानीय महेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको छ ।
जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बुटवलबाट गएको टोलीले उनीहरुलाई एक बैंकको शाखा कार्यालयबाट पक्राउ गरिएको हो । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।