प्रत्यक्ष निर्वाचन प्रणालीले भ्रष्टाचार संस्थागत भयो : सांसदहरुको भनाई


प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार

/fHo Joj:yf tyf ;’zf;g ;ldlt a}7s sf7df8f}F, !@ ;fpgM k|ltlglw;ef, /fHo Joj:yf tyf ;’zf;g ;ldltsf] ;f]daf/ l;+xb/af/df a;]sf] a}7s . a}7sdf lgjf{rg cfof]usf] jflif{s k|ltj]bgdfly 5nkmn ePsf] lyof] . tl:a/M /f]zg ;fksf]6f÷/f;;

सांसदहरुले प्रत्यक्ष निर्वाचन प्रणालीले भ्रष्टाचार संस्थागत भएको बताएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा सांसदहरुले प्रत्यक्ष निर्वाचन प्रणालीका कारण भ्रष्टाचार संस्थागत भएको बताएका हुन् । निर्वाचनमा उम्मेदवारले जसरी पनि जित्नैपर्ने मानसिकता बनाएका कारण अनावश्यक खर्च हुने र निर्वाचित भएपछि भ्रष्टाचार हुने गरेको सांसदहरुको भनाई छ ।

सांसद राजेन्द्र श्रेष्ठले निर्वाचनमा हुने अनावश्यक खर्च घटाउन निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताए । प्रत्यक्ष निर्वाचन प्रणालीले भ्रष्टाचार संस्थागत गरेको उनको भनाई छ । पूर्ण समानुपातिक प्रणालीमा जाँदा आफ्नै नातागोता र परिवारका व्यक्तिहरुले अवशर पाउने सम्भावना बढी हुने भएकाले समानुपातिक खुला सूचिमा आधारित निर्वाचन प्रणाली अपनाउनुपर्ने उनले बताए ।

सांसद दिलेन्द बडुले आफ्नो वार्षिक प्रतिवेदन पेश नगर्ने दलहरुको नाम र निर्वाचन खर्च नबुझाउने सांसदहरुको नाम सार्वजनिक गर्नुपर्ने बताए । निर्वाचन प्रणाली सुधारका लागि दलिय सहमति गरेर अगाडी बढ्न सकिने उनले बताए । सांसद लालबाबु पण्डितले राजनीतिक पार्टीको कानून बनाउँदा आज हार्ने तर भोली जनप्रतिनिधि भएर आउने परिपाटी अन्त्य गर्ने व्यवस्था हुनुपर्ने बताए ।

उनले भने, ‘केन्द्रीय कमिटीमा हा¥या मान्छे भोली त्यो भन्दा माथिल्लो कमिटीमा हुन्छ । के यो लोकतन्त्र हो ? लोकतन्त्र नबुझेर हो ? यो आशिर्वाद होकी होइन ? आशिर्वाद चल्ने हो भने त्यो पार्टी जनताको पार्टी हुन सक्दैन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सांसद अमरेशकुमार सिंहले राजनीतिक दलसम्बन्धि ऐन कडा रुपमा आउनुपर्ने बताए । कुनै पनि पार्टीमा ५ वर्षभन्दा बढी एकै व्यक्तिले नेतृत्व गर्न नपाउने र ७० वर्ष उमेर नाघेका व्यक्तिहरु निर्वाचनमा लड्न नपाउने व्यवस्था हुनुपर्ने उनले बताए । सांसद प्रेम सुवालले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न र समानुपातिक सदस्यका लागि ३ प्रतिशत मत ल्याउनैपर्ने प्रावधान हटाउनुपर्ने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com