आधुनिक गीत “माया मारी गयौ” बजारमा


प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार

सर्जक बिष्णुकुमार गिरीको शब्द रचना तथा प्रस्तुतिमा आधुनिक गीत “माया मारी गयौ” बजारमा आएको छ । सो गीतमा चर्चित गायक शिशिर योगीको स्वर र बिबी अनुरागीको संगीत रहेको छ ।

वैदेशिक रोजगारिको सिलसिलामा १२ बर्ष अघि जापान गएका गिरीको यो पहिलो गीत हो । गीतले विभिन्न परिस्थितीका कारण विदेशिनु परेका युवाहरुलाई सिंगो जन्मभुमी, गाउँ, समाज, घरपरिवार तथा प्रिय मान्छेले गरेको गुनासो र ति विदेशिएका व्यक्तिहरुलाई आफ्नो ठाउँमा फर्किन उत्प्रेरित गर्ने भाव तथा सन्देश दिन खोजेको छ । गुल्मीको मुसिकोटमा जन्मिएका उनी साहित्य, पत्रकारिता, खेलकुद, मनोरन्जन क्षेत्रमा रुची राख्ने गिरीले गीत, कबिता, गजल, मुक्तक, ब्यंग्यलेख, लघुकथामा आफूलाई बढी रुची राख्ने गर्छन् ।

प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई मिक्सिङ तथा मास्टरिङ्गको काम श्यामस्वेत रसाइलीले गरेका हुन भने कभर भिडियोको सम्पादन अधिनायक मान शेरचनले गरेका छन् । यस गीतलाई सुत्र टिभि युट्युब च्यानलबाट हेर्न सकिन्छ ।

 

मायाप्रेम बाहेकका सामाजिक, देशभक्ती,सन्देशमुलक तथा वास्तविकता झल्किने गीत गाउन रुचाउने शिशिर योगीको स्वरमा “यो देशमा म एउटा मानिस खोजी रहेछु” “सारंगी त रेटे पनि “आमा “लगायतका थुप्रै गीत चर्चित छन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com