नेकपामा सहमतिको प्रयास जारी


प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार

????????????????????????????????????

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको आन्तरिक विवाद समाधान गरी पार्टी एकता मजबुत बनाउन नेताहरूले प्रयास जारी राखेका छन् । स्थायी कमिटी बैठकअघि नै विवादित विषयमा सहमति हुने वातावरण बनिरहेको स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुुभयो । स्थायी कमिटी बैठक साउन १३ गते बस्ने तय भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच साउन ९ गते छलफल भएको हो । छलफललाई निरन्तरता दिने दुई अध्यक्षको सहमतिअनुसार सोमबार छलफल भएर मङ्गलबार बैठक बस्ने नेता नेम्वाङको भनाइ छ । दुई अध्यक्षबीच देखिएको विवाद कम गर्न र छलफल सहज बनाउन विभिन्न तहमा शीर्ष नेताहरूको छलफल चलिरहेको बताउँदै उहाँले छिट्टै सहमति हुने विश्वास व्यक्त गर्नुभयो । मङ्गलबार बस्ने स्थायी कमिटी बैठक पुनः स्थगित नहोस् भन्ने प्रयासमा आफूहरू लागेको उहाँले बताउनुभयो । दुवै अध्यक्ष भेटेर पार्टीलाई निकास दिन आग्रह गरिएको उहाँले बताउनुभयो ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अध्यक्षद्वयबीच छलफल निष्कर्षमा नपुगेका कारण बैठक बस्न समस्या देखिएको बताउनुभयो । “उहाँहरूले छलफललाई निरन्तरता दिइरहनुभएको छ तर कुरा मिलेको छैन । आशा गरौँ, बैठक बस्ला’’, उहाँले थप्नुभयो, “अध्यक्षद्वयबीच सहमति होस्, छलफल निष्कर्षमा पुगोस् भनेर हामीबाट सहयोग भइरहको छ । ढिलोचाँडो सहमति हुन्छ ।”

असार १० देखि स्थायी कमिटी बैठक सुुुरु भएको हो । एक दिन बिराएर असार १८ सम्म बैठक चल्यो तर मन्त्रिपरिषद् बैठकबाट चालू संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि स्थायी कमिटी बैठक प्रभावित भयो । त्यसपछि पटक पटक बैठक बस्ने मिति तय गरिए पनि अध्यक्षद्वयबीच सहमति नहुँदा बैठक स्थगित हुँदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच आइतबार अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशका नेताहरूसँग छलफल गर्नुभएको छ । पार्टीका विभिन्न विषयमा उहाँले नेताहरूसँग छलफल गर्नुभएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com