सिंगापुरियन नागरिकले चीनका लागि जासुसी गरिरहेको स्वीकार गर्‍यो : अमेरिका


प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार

अमेरिकाले एक सिंगापुरका नागरिकले चीनका लागि जासुसी गरिरहेको स्वीकार गरेको दाबी गरेको छ।  बीबीसीका अनुसार वासिङटन र बेइजिङबीच कुटनीतिक टकराव उत्पन्न भइरहेको बेलामा यो घटना सार्वजनिक भएको हो।

जुन विइ येओ नाम गरेका ती व्यक्तिले चिनियाँ एजेन्सीका लागि अमेरिकामा रहेको आफ्नो राजनीतिक कन्सलटेन्सीको प्रयोग गरिरहेको आरोप लगाइएको छ।

केही समययता अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिदै गएको छ। अमेरिकाले होस्टनमा रहेको चिनियाँ कन्सुलेट बन्द गर्न निर्देशन दिएपछि बेइजिङले पनि सिचुवान प्रान्तको छन्दुमा रहेको अमेरिकी कन्सुलेट कार्यालय बन्द गर्न निर्देशन दिएको थियो।

चीनले अमेरिकी सूचनाहरु चोरिहेको भन्दै कन्सुलेट बन्द गर्न निर्देशन दिएको बताएका थिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com