टोनी ब्लेयरले भने- कोरोना भाइरस हटाउन सकिँदैन, यससँग बाँच्‍न सिक्नुपर्छ


प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार

बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको नोभेल कोरोना भाइरसलाई हटाउन नसकिने बताएका छन् ।

उनले बेलायतीहरुलाई कोरोना भाइरससँगै बाँच्‍न सिक्‍नुपर्नेसमेत सुझाएका छन् । प्रेस एसोसियसनसँगको अन्तर्वार्ताका क्रममा पूर्वप्रधानमन्त्री ब्लेयरले भने, “बेलायतमा शरद ऋतुसम्म कोभिड-१९ दोहोरिने हुने सम्भावना ५०-५० छ । त्यसका लागि हामी वास्तवमै तयार हुनुपर्छ ।”

उनले संक्रमण नियन्त्रणका लागि हरेक सानो सानो कुरामा पनि ध्यान दिन आग्रह गरेका छन् । “यदि कोरोना संक्रमण शरदमा दोहोरिएमा त्यसलाई नियन्त्रण लिन सरकार सक्षम हुनसक्ने गरी तयारी गर्नुपर्छ । अब फेरि मार्च, अप्रिल र मेमा भएकोजस्तो लकडाउको सामना गर्न सकिने अवस्था छैन ।”

टोनी ब्लेयर इन्स्टिच्युटले बृहत परीक्षण र मास्कको प्रयोगलाई विशेष जोड दिनुपर्ने सुझाएको छ । ब्लेयरले भने, “यदि तपाईं कोरोना लक्षणमा भएका व्यक्तिको मात्रै परीक्षण गर्दै हुनुहुन्छ भने तपाईं लक्षणविहीन र लक्षण देखिन लागेका व्यक्तिहरुलाई छोड्दै हुनुहुन्छ । त्यसले निकै ठूलो समस्या निम्त्याउने छ ।”  –बीबीसी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com