नेकपा गम्भीर सङ्कटमा छ : अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको दाबी गर्नुभएको छ ।

पार्टीभित्रको अन्तर्विरोध बढ्दै जाँदा ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको र यसले कम्युनिस्ट आन्दोलन थप धरापमा परेको प्रचण्डको भनाइ छ । काठमाण्डौमा भएको कार्यक्रममा प्रचण्डले ओलीको एकलौटीपनले नेकपामा विवाद आएको पनि बताउनुभयो ।

पार्टीको अनुमति विपरीत आफूखुसी काम गर्दा सरकार बदनाम भएको आरोप लगाउँदै प्रचण्डले पार्टीको सक्रियताले भएका राम्रा कामको जस ओली एक्लैले लिन खोज्दा पार्टी फुटको खतरामा रहेको बताउनुभयो ।

पार्टीकै निर्देशन र पहलमा नेपालको नयाँ नक्सा प्रकाशित गरे पनि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफैले मात्रै गरेको र अरुलाई दलाल भन्दै हिँडेको भन्दै प्रचण्डले आपत्ति पनि जनाउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com