नेपालमा कोरोनाबाट पहिलो विदेशी नागरिकको मृत्यु


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

नेपालमा कोरोना भाइरसबाट पहिलो विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीय चिनियाँ महिला भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पोखरा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि काठमान्डौको ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको स्वाब परीक्षण गर्दा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगंज पठाइएको थियो ।

मंगलबार त्रिवि अस्पताल भर्ना गरिएकी ती महिला एक्युट कोरोनरी सिन्ड्रम विथ सेग्मेन्ट एलिभेशनबाट पीडित भएको बताइएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो ।

हालसम्म नेपालमा कोरोनाको संक्रमणबाट ४२ जनाको निधन भैसकेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेमा उनी पहिलो विदेशी नागरिक हुन् ।

यसअघि नेपालमा कुनै पनि विदेशी नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको थिएन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com