कम्युनिष्ट नेता बर्मन बुढाको निधन


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

नेकपा अध्यक्ष प्रचण्डले रोल्पा जिल्लाका क्रान्तिकारी नेता तथा पूर्वसांसद कमरेड बर्मन बुढाको निधनले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ ।

प्रचण्डले बुढालाई ‘संघर्षका प्रेरणादायी अभिभावक’ को रुपमा स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा समवेदना प्रकट गर्नु भएको छ ।

एक शोक वक्तव्य निकालेर प्रचण्डले नेपाली मुक्तिकामी आन्दोलनका अविचलति र अथक योद्धा बुढाको रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको स्मरण गर्नुभएको हो । विज्ञप्तिमा लेखिएको छ, सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो ।

उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ । संघर्षका प्रेरणादायी अभिभावक कमरेड बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com