युएससीआईएसको व्यवस्थीत वेवसाइट सार्वजनिक, के के छन् नयाँ विशेषता ?


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

अमेरिकी सरकारको नागरिकता र आप्रवासन सेवा युएससीआईएसले आफ्नो आधिकारिक वेवसाइटको लुक्समा परिवर्तन गरेको छ । आवेदक र सर्वसाधारणबाट प्राप्त सुझावहरुका आधारमा नयाँ डिजाइनमा वेवसाइट तयार गरिएको युएससीआईएसले जनाएको छ ।

नयाँ वेवसाइटमा अनलाइन टुल र श्रोतहरु खोज्न पहिलेको भन्दा सहज बनाइएको छ । त्यस्तै अनलाइनबाट आवेदन दिन र दिएका आवेदनहरु व्यवस्थीत गर्न पनि सहज बनाइएको छ ।

नयाँ व्यवस्थीत वेवसाइटमा प्रयोगकर्ताले सहजै अध्यागमनबारेका सुचनाहरु प्राप्त गर्नसक्नेछन् । त्यस्तै अनलाइन एकाउन्टका लागि साइन इन गर्ने लिंक सबैभन्दा माथि राखिएको छ ।

स्पानिस र अन्य भाषामा श्रोतहरु उपलब्ध गराइएको छ भने बहुभाषाको श्रोतकेन्द्र समेत बनाइएको छ । त्यस्तै एजेन्सीका तथ्यांकहरु पत्ता लगाउन तथा अन्य श्रोतसाधनहरु पत्ता लगाउन पनि पहिले पनि सहज हुने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com