पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिरोले घर पुर्दा परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिंदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

पहिरो बिहान चार बजेतिर पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
बिहान साढे ४ बजे पहिरोले पुरिएको खबर आएपछि घटनास्थलमा प्रहरी पुग्दा तीन जनाको शव फेला परेको एसपी रेग्मीले जानकारी दिए ।

मृतक तीनै जनाको शव स्थानीयवासी र प्रहरीले पहिरोबाट बाहिर निकालेका छन्। पहिरोमा परेर थप पाँच घर संकटमा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

आइतबारदेखि लगातार वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बाढी पहिरो गइरहेकाे छ । पहिरोमा परी काठमाडौँसमेत एक जनाकाे मृत्यु भएकाे छ । लगातार वर्षाका कारण दर्जनौँ सडक अवरुद्ध भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com