ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ ।वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा संक्रमणबाट थप ७ सय १८ जनाको मृत्यु भएसँगै कुलसंख्या ८० हजार २ सय ५१ पुगेको छ ।

यस्तै, २१ हजार नयाँ संक्रमित थपिएका छन् । ब्राजिल कोरोनाबाट विश्वमै दोस्रो धेरै प्रभावित देश हो । पहिलोमा अमेरिका । ब्राजिलमा कोरोना भाइरसबाट हालसम्म २१ लाख २१ हजार संक्रमित भएका छन् । १४ लाख ९ हजार उपचारपछि निको भएका छन् । ६ लाख ६३ हजार उपचाररत छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com