नेपालमा थपिए १०१ नयाँ कोरोना संक्रमित, कुल संक्रमित १७ हजार ४४५


प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार

नेपालमा कोरोना संक्रमणका १०१ नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी १०१ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

योसँगै संक्रमितको कूल संख्या १७ हजार ४४५ पुगेको छ । संक्रमितहरु मध्ये ५ हजार ८७१ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर गरी थप २८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस संक्रमणमुक्त हुनेको कूल संख्या ११ हजार ५३५ पुगेको छ ।

हालसम्म कोरोनाबाट संक्रमितहरु मध्ये ६६.१२ प्रतिशत निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका बिभिन्न क्वोरिन्टनमा २२ हजार ७५६ रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com