अमेरिकी दूतावास काठमाडौंले भोलि फेसबुकबाट भिसाका प्रश्नको जवाफ दिने


प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार

अमेरिकी दूतावास काठमाडौंले नेपालको समय अनुशार भोलि जुलाई १५ दिउसो २ बजेदेखि ३ बजेसम्म फेसबुकमार्फत भिसाबारे उठेका विभिन्न प्रश्नको जवाफ दिने भएको छ । दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कमेन्टमार्फत प्रश्नहरुको जवाफ दिने जनाएको छ ।

डिभी लोटरी जितेका, आप्रवासी भिसा पाएर ६ महिनाभित्र अमेरिका आउन नसकेका, ग्रिनकार्डमा नेपाल गएर एकबर्ष नाघेका, रिइन्ट्री परमिटमा नेपाल गएर म्याद नाघिसकेका, एड्भान्स परोलमा नेपाल गएर म्याद नाघिसकेकाहरुका विभिन्न प्रश्नहरु अहिलेका जल्दावल्दा प्रश्नका रुपमा रहेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले डिसेम्बरसम्मका लागि कामदार भिसा र आप्रवासी भिसामा रोक लगाएको अवस्थामा यो भिसा च्याटबाट धेरै प्रश्नको जवाफ आउने अपेक्षा गरिएको छ ।

यदि तपाई पनि प्रश्न सोध्न चाहनुहुन्छ भने अमेरिकी दूतावास काठमाडौंको फेसबुक पेजमा रहेको भिसा च्याट पोष्टमा अँग्रेजीमा कमेन्ट मार्फत प्रश्न सोध्न सक्नुहुनेछ । तपाईका प्रश्नहरुको जवाफ दूतावासका कन्सुलर अधिकारीले दिने दूतावासले जनाएको छ ।

कोरोनाको महामारीका कारण अमेरिकी दूतावास काठमाडौंको नियमित भिसा सेवा बन्द रहेको छ । कहिलेदेखि दूतावासमा कन्सुलर सेवा सुचारु हुनेभन्नेबारे अहिलेसम्म केही बताइएको छैन ।

डिभीबारे अमेरिकी दूतावास काठमाडौंका ३ जवाफ : २०२० का डिभी विजेताले अब भिसा नपाउने

अमेरिकी दूतावास काठमाडौंले गत साता आफ्नो आधिकारिक फेसबुक पेजमा आयोजना गरेको भिसा च्याटमा भिसाबारेका विभिन्न प्रश्नको जवाफ दिएको थियो । डिभी २०२० का विजेताहरुले अब भिसा पाउलान् कि नपाउलान् ? डाइभर्सिटी भिसा पाएर अमेरिका आउन नसकेकाहरुको भिसा नविकरण होला कि नहोला ? डाइभर्सिटी भिसाको अन्तरवार्ता समेत तय भएकाले भिसा पाउलान् किन नपाउलान् भन्ने मुख्य तीन प्रश्नहरु धेरैले सोधेका थिए । हामीले यसबारे कन्सुलर अधिकारीले दिएको मुख्य जवाफलाई पिक गरेका छौं ।

२०२० का लागि डिभी लोटरी जितेकाहरुले अब भिसा पाउलान् ?

दुभाग्र्यवश सन् २०२० का डिभी विजेताहरुका लागि भिसा जारी गर्ने सेप्टेम्बर ३० को डेडलाइनमा कुनै थप गरिएको छैन । हालैको राष्ट्रपतिको कार्यकारी आदेश पहिले नै भिसा प्राप्त नगरेका डिभी आवेदकलाई भिसा प्राप्त गर्न रोक लगाउनेगरी डिसेम्बर ३१ सम्म थप गरिएको छ ।

सन् २०२० को डिभी लोटरीमार्फत भिसा पाइसकेका तर कोरोनाको महामारीका कारण अमेरिका आउन नसकेकाहरुको ६ महिनाको भिसा सकिएमा थप्न सकिएला ?

जोसँग अप्रिल २३, २०२० भन्दा अगाडि अद्यावधिक रहेको तर त्यसपछि एक्सपायर भएको डाइभर्सिटी भिसा रहेको छ, उनीहरुका लागि हामीले सम्भवत पुन भिसा जारी गर्न सक्नेछौं । राष्ट्रपतिको कार्यकारी आदेश पहिले नै भिसा जारी भइसकेकाहरुका सन्दर्भमा लागु हुँदैन । त्यस्तो अवस्था भएको व्यक्तिले [email protected] मा आफ्नो केसबारे सिधा सम्पर्क गर्नुपर्छ । हामीले रिभ्यु गरिसकेपछि थप निर्देशिका सहित फ्लोअप गर्नेछौं ।

डिभी २०२० अन्तरगत मेरो अन्तरवार्ताको मिति समेत तोकिएको थियो । अब मैले भिसा पाउने सम्भवना के हुन्छ ?

दुभाग्र्यवश अप्रिल २३ सम्म डिभी २०२० अन्तरगत भिसा पाइनसकेकाहरुले राष्ट्रपतिको कार्यकारी आदेश अनुशार डिभी २०२० अन्तरगत भिसा पाउन सक्नेछैनन् । डिभी २०२१ का आवेदकहरुले पनि आफ्नो भिसाको प्रकृया अगाडि बढाउन कार्यकारी आदेशले तोकेको डिसेम्बर ३१ सम्मको म्याद पूरा हुँदासम्म कुनुपर्नेछ ।

सबै प्रश्नोत्तर यहाँ पढ्न सक्नुहुनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com