खेलकुद परिषद्‌का ३३ जना कर्मचारीले दिए राजीनामा


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

राष्ट्रिय खेलकुद परिषद्‌मा कार्यरत कर्मचारी तथा प्रशिक्षकहरूले खेल संघबाट ३३ जनाले राजीनामा दिएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लागू भएसँगै कर्मचारी र प्रशिक्षकले राजीनामा दिएका हुन ।

नयाँ ऐनमा खेलकुद परिषद्का कर्मचारी र प्रशिक्षक कुनै पनि संघको पदाधिकारी तथा सदस्य बन्न नपाउने नियम भएपछि यसअघि संघको कार्यसमितिमा रहेका कर्मचारी तथा प्रशिक्षकले राजीनामा दिएको परिषद्को संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।

सोमबारसम्म परिषद्‌मा आबद्ध ३३ जना कर्मचारी तथा प्रशिक्षकले विभिन्न ५६ पदबाट राजीनामा दिइसकेका छन्। कर्मचारी ५ वटासम्म खेलकुद संघको कार्यसमितिमा थिए। परिषद्को संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले चार वटा संघको कार्यसमितिबाट राजीनामा दिनुभएको छ । उहाले अखिल नेपाल टेबल टेनिस संघको सदस्य, नेपाल तड. ईलमादो संघको सदस्य, नेपाल इकवेष्ट्रीन संघको सचिव र नेपाल हात्ती खेल संघको सदस्यबाट राजीनामा दिएको बताउनुभयो ।

खेलकुद विकास विभागका प्रशासकिय अधिकृत चन्द्रकुमार राईले नेपाल गल्फ संघको सचिवबाट राजीनामा दिनुभएको परिषद्का प्रशासकिय अधिकृत ओमनाथ न्यौपानेले नेपाल केम्पो खुकुरी मार्शल आर्ट संघको सदस्य, नेपाल फुटसल संघको कोषध्यक्ष, नेपाल जितकुण्डो संघको सदस्य, नेपाल जोरखाने खेलकुद संघको सदस्य र जापान गोजुरियो डो मिशन संघ नेपालको सदस्यबाट राजीनामा दिनुभएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com