सन् २०१६ मा ट्याक्स फाइल नगरेका १ दशमलव ४ मिलियन करदाताले पाउनुपर्ने झण्डै डेढ बिलियन डलर आफूसँग रहेको आईआरएसले जनाएको छ । उक्त रिफण्ड रकम दावी गर्ने म्याद अब तीनदिनमात्र बाँकी रहेको छ ।
यही जुलाई १५ भित्र सन् २०१६ को ट्याक्स फाइल नगर्नेहरुका लागि सन् २०१६ को रिफण्ड बापत उक्त रकम पाउने मौका सधैका लागि समाप्त हुनेछ । किनभने कुनै पनि बर्षको ट्याक्स फाइल उक्त बर्षको ट्याक्सफाइल गर्ने प्रारम्भिक डेडलाइन सकिएको तीनबर्षभित्र फाइल गरेमामात्र रिफण्ड पाउन सकिने सीपीए विराज रिजालले जानकारी दिनुभएको छ ।
रिजालले खसोखाससँग भन्नुभयो – ‘सन् २०१६ को ट्याक्स फाइल गर्ने प्रारम्भिक डेडलाइन सन् २०१७ को अप्रिल १५ सम्म थियो । त्यसपछिका तीनबर्षभित्र ट्याक्स फाइल गरेमामात्र सन् २०१६ को रिफण्ड प्राप्त गर्न सकिन्छ । तेश्रो बर्षको म्याद पनि जुलाई १५ मा समाप्त हुदैछ ।’
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
सन् २०२० मा ट्याक्स फाइल गर्ने म्याद गत अप्रिल १५ मा नै समाप्त भएपनि कोरोनाको महामारीका कारण उक्त म्याद आईआरएसले जुलाई १५ सम्म थपेको हो । सीपीए रिजालले भन्नुभयो – ‘बैधानिक टाइमलाइनभित्र ट्याक्स फाइल नगर्नेहरुलाई ट्याक्स क्रेडिट दावी गर्ने छुट हुँदैन । बरु ट्याक्स तिर्नुपर्ने रकम ब्याज र जरिवानासँग बढ्दै जान्छ ।’
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।