एकबर्षभित्र अमेरिका आउन नसक्ने ग्रिनकार्डवाहकलाई एसबी वान भिसा आवेदन दिन सुझाव


प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार

एकबर्षभित्र अमेरिका आउन नसक्ने ग्रिनकार्डवाहक र रिइन्ट्री परमिटको म्यादभित्र अमेरिका आउनसक्नेहरुलाई एसबी वान भिसा आवेदन दिन अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी बासु फुलाराले सुझाव दिनुभएको छ । खसोखास लाइभमा कुराकानी गर्दै फुलाराले एकबर्षभित्र अमेरिका आउने नसक्ने ग्रिनकार्डवाहकले सम्बन्धित देशमा रहेको दूतावास वा कन्सुलेटमा एसबी वान रिर्टनिङ भिसाका लागि आवेदन दिनुपर्ने बताउनुभएको छ ।

कोरोनाको महामारीका कारण एकबर्षभित्र अमेरिका आउनसक्ने ग्रिनकार्डवाहकका लागि युएससीआईएसले कुनै घोषणा वा नीतिगत छुटको घोषणा गरेको छैन । त्यसैले पुरानै नियम अनुशार उनीहरुले एसबी वान भिसाका लागि आवेदन दिनुपर्ने फुलाराले जानकारी दिनुभयो । एकबर्षभित्र अमेरिका आउन नसक्ने ग्रिनकार्डवाहकका सन्दर्भमा र रिइन्ट्री परमिटको म्यादभित्र अमेरिका आउन नसक्ने ग्रिनकार्डवाहकका सन्दर्भमा उनीहरुले स्थायी बासिन्दाको स्टाटस त्यागेको निष्कर्ष निकालिने नियम रहेको छ ।

एसबी वान भिसाका लागि सुरुमा दूतावासमा इमेल गर्न जरुरी हुन्छ । त्यसपछि दूतावासले अप्वाइन्टको मिति र समय निर्धारण गर्छ । अन्तरवार्तामा जाँदा डीएस ११७ नामको फर्म भर्न आवश्यक छ । यसका लागि आवेदन शुल्क १८० डलर रहेको छ ।

अमेरिकाबाहिर रहेको अवस्थामा रिइन्ट्री परमिट वा ग्रिनकार्ड एक्सापायर भएमा नविकरणका लागि आवेदन दिनसकिने प्रावधान छैन । त्यस्तै अमेरिकाबाहिर रहेको अवस्थामा रिइन्ट्री परमिटको नयाँ आवेदन समेत दिन सकिने प्रावधान छैन ।

यदि अमेरिकाबाहिर रहेको अवस्थामा ग्रिनकार्ड एक्सपायर भएमा वा हराएमा अमेरिका प्रवेशका लागि दूतावास वा कन्सुलेटबाट ट्राभल फोइलका लागि आवेदन दिनुपर्ने प्रावधान रहेको छ । त्यसका लागि ५७५ डलर शुल्क तोकिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com