अमेरिकामा ट्याक्स फाइल गर्ने म्याद अब ६ दिनमात्र


प्रकाशित मिति : असार २५, २०७७ बिहीबार

अमेरिकामा सन् २०१९ को विजनेश र व्यक्तिगत ट्याक्स फाइल गर्ने म्याद अब ६ दिनमात्र बाँकी रहेको छ । कोरोनाको महामारी कारण आईआरएसले ट्याक्स फाइल गर्ने डेडलाइन जुलाई १५ सम्म पुर्याएको थियो ।

अहिलेसम्म ट्याक्स फाइल नगरेका व्यक्ति र विजनेशहरुलाई जुलाई १५ भित्र ट्याक्स फाइल गर्न सीपीए विराज रिजालले सुझाव दिएका छन् । जुलाई १५ भित्र फाइल गर्न नसक्नेहरुले अनुमानित ट्याक्स तिरेर एक्सटेन्सन फाइल गर्न सक्ने रिजालको भनाई छ ।

जुलाई १५ को डेडलाइन आयकर तिर्नेमात्र डेडलाइन नभई अनुमानित ट्याक्स तिर्ने समेत डेडलाइन भएको रिजालले जानकारी दिएका छन् । आईआरएसले आफ्नो वेवसाइटमार्फत निशुल्क ट्याक्स फाइल गर्नसकिने विकल्पहरु समेत दिएको छ ।

यसैबीच आईआरएसले सन् २०१६ को ट्याक्स रिर्टन पनि आगामी जुलाई १५ भित्र फाइल गर्न सुझाव दिएको छ । २०१६ मा ट्याक्स फाइल नगरेका झण्डै १४ लाखको १ दशमलव ५ बिलियन डलर रिफण्ड आईआरएससँग रहेको भन्दै जुलाई १५ को डेडलाइनभित्र ट्याक्स फाइल गर्न सुझाव दिइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com