सिन्धुपाल्चोक पहिरोमा परेकालाई तत्काल उद्धार गर्न कांग्रेस सभापति देउवाको निर्देशन


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकका नेता-कार्यकर्तालाई बाह्रबिसे क्षेत्रमा गएको बाढी-पहिरोबाट प्रभावितको उद्धारमा खटिन निर्देशन दिएका छन् ।  उनले ट्विटरमार्फत सिन्धुपाल्चोकका नेता-कार्यकर्तालाई बाह्रबिसे क्षेत्रमा गएको बाढी-पहिरोबाट प्रभावितको उद्धारमा खटिन निर्देशन दिएका हुन् ।

“सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुग्‍ने देखिएको छ । म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु,” सभापति देउवाले भनेका छन् । उनले सरकारलाई छिटोभन्दा छिटो उक्त क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध पनि गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com