भोटेकोशीमा आएको बाढीले दुई जनाको मृत्यु, १८ वेपत्ता


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

अविरल वर्षाको कारण सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । १८ जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका वडा नं ५ जम्बु भन्ने स्थानमा बाढीको कारण दर्जनौँ घर संरचना बगाएका छन् । साथै, अरनिको राजमार्गमा समेत क्षति पुर्याएको छ ।

बाढीको कारण खागदलको पक्की पूल नै बगाएपछी भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सम्पर्क टुटेको छ । सडक भत्किएपछि उद्धार कार्यमा कठिनाई भएको ईलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । अहिले उद्धारका लागि हेलिकोप्टर पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com