दाङको तुलसीपुर कारागारमा एक कैदीबन्दीको मृत्यु


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

दाङको तुलसीपुर कारागारमा एक जना कैदीबन्दीको मृत्यु भएको छ। कपिलवस्तुको मायादेवी गाउँपालिका ४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको सोमबार बिहान मृत्यु भएको तुलसीपुर कारागारले जनाएको छ । ठगी मुद्दामा २०७५ साल असोज १५ गते कारागार चलान गरिएका मुसलमानलाई २०७६ साल पुसको ९ गते दाङको तुल्सीपुर कारागार ल्याइएको थियो।

दीर्घरोगी मुलसमानलाई बिहान स्वास्थ्यमा एक्कासि गाह्रो भएपछि राप्ती प्रादेशिक अस्पताल लगिएकोमा बिहान करिब साढे ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए। अहिले शवलाई प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com