बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

ओखलढुंगामा बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । जिल्लाको चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथि जबर्जस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवा पक्राउ परेका हुन् ।

नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा १७ वर्षीय दाजुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

पीडित बालिकाले घटनाको विषयमा आफ्नी आमालाई बताएपछि यो घटना बाहिर आएको हो । पक्राउ परेका युवाको नाम प्रहरीले गोप्य राखेको छ । गत असार १५ गते घरमा कोही नभएको मौका छोपी ललाइफकाई बालिकामाथि जबर्जस्ती करणी गरेको पीडित पक्षको उजुरीमा उल्लेख छ ।

बालिकाकी आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com