काठमाडौंका यी स्थानमा आज दिनभर बत्ती नहुने


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

सोमबार काठमाडौंका विभिन्न स्थानमा बिजुली आपूर्ती बन्द हुने भएको छ । कुलेश्वर वितरण केन्द्र अन्तर्गतका स्थानमा मर्मत सम्भारको काम भएकोले विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सोमबार कुलेश्वर वितरण केन्द्र अन्तर्गतको टेकु-थानकोट तथा टेकु-तहाचल फिडरको टेकु सबस्टेशन देखी विष्णुमती खोला सम्मको एच टी लाइनको कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गर्न लागेको हो ।

यसबीचमा कुलेश्वर, रवी भवन ,लिंक मार्ग, कालिमाटी, तहाचल,टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका क्षेत्रहरुमा विहान १० बजेबाट साँझ ५ बजेसम्म बिद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com