केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै नेकपामा हस्ताक्षर अभियान सुरु


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ । केन्द्रीय समिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका हुन् ।

अहिले नेकपामा स्थायी समिति बैठक चलिरहेको छ । जारी स्थायी कमिटी बैठकमा बहुमत सदस्यले पार्टी र सरकार सञ्चालनमा  केपी शर्मा ओली असफल भएको भन्दै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि विवाद चर्केको छ । पछिल्लोपटक नेकपामा देखिएको विवाद फुटको संघारमा पुगेको छ । विवादका कारण स्थायी कमिटीको बैठकसमेत भोलिसम्मका लागि स्थगित भएको छ ।

पार्टी एकताका पक्षमा दबाब दिन हस्ताक्षर अभियान सुरु गरेको एक केन्द्रीय नेताले जानकारी दिए । शनिबार बैठक माग गर्ने ५३ केन्द्रीय सदस्यले जुम मिटिङ गरेका थिए । केही दिन यता केन्द्रीय कार्यालयमा पार्टी धुम्बाराहीमा एकताको लागि धर्ना दिंदै आएका नेताहरु आजैदेखि हस्ताक्षर अभियानमा लागेका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com