कर्फ्यु हटाएपछि साउदी अरब र यूएईमा कोरोना संक्रमण वृद्धि


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि  जारी गरिएको कर्फ्यु हटाएपछि साउदी अरब र यूएईमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । साउदी अरबमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाखभन्दा बढी पुगेको छ भने छिमेकी यूएईमा संक्रमितको संख्या ५० हजारभन्दा बढी पुगेको छ ।

यूएईमा मेमा दैनिक ९०० संक्रमित पुगेकामा विस्तारै घट्दै दैनिक तीन सयदेखि चार सयसम्म फेला परेका थिए । तर, शुक्रबार एकैदिन ६०० र शनिबार ७०० कोरोना संक्रति थपिएका थिए ।

गत महिना दुवै अरबी मुलुकहरुले आर्थिक क्षेत्रमा लगाइएका सम्पूर्ण प्रतिबन्धहरु हटाउने घोषणा गरेका थिए । दुवै मुलुकमा मार्च मध्यदेखि नै कोरोना संक्रमण नियन्त्रणका लागि प्रतिबन्धहरुसहितका कर्फ्यु जारी गरिएको थियो ।

अन्य खाडी मुलुकहरुले पनि प्रतिबन्धहरु विस्तारै हटाउँदै लगेका छन् । कुवेतमा आंशिक कर्फ्यु जारी गरिएको छ भने कतार, बहराइन र ओमानमा अहिले कर्फ्यु हटाइएको छ । -अलजजिरा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com