पोर्चुगलको पोर्तिमोमा प्यारासुट चालक उच्च भोल्टेज बिजुलीको तारमा खसेपछि …


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

पोर्चुगलको पर्यटकीय नगरी पोर्तिमोमा एक प्याराशुट चालक उच्च भोल्टेज बिजुलीको तारमा खसेका छन् । शनिवार पोर्तिमोमा भएको घटनामा उनको शरीरको तल्ल भागमा आगो लागेको थियो।

बिजुलीको तारमा झुन्डिएर शरीरको तल्ल भाग जलेका ४० बर्षीय प्यारासुट चालकलाई बारुणयन्त्रका फाइटरहरूले उद्धार गरेका छन्। घाइतेको शरीरको तल्लो भाग जलेकोले गम्भीर अवस्थामा छन्।

बिजुलीको तारमा फसेका प्यारासुट चालकको उद्धार गर्नको लागि अग्नि नियन्त्रणको बिशेष गाडी प्रयोग गरिएको थियो। उद्धारमा सहजताका लागि जीएनआर प्रहरीले घटनास्थल जाने बाटो अवरुद्ध गरेको थियो।

प्याराशूटिस्ट एरोड्रोम नगरपालिका नजिक बिजुलीको नाङ्गो तारमा फसेका थिए। घाइतेको अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com