निस्किएन निकास,भोलि फेरि नेकपामा दुई अध्यक्षबीच वार्ता


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

नेकपामा देखिएको विवाद समाधान गर्न पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार दिउँसो बालुवाटारमा भएको छलफल सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्ता आज पनि निष्कर्षमा पुग्न नसकेको बताइएको छ । भोलि पुनः छलफल हुने गरी आजको वार्ता टुंग्याइएको हो । वार्तामा दुबै पक्षले आआफ्नो अडान दोहोर्याइएको बताइएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले दुबै पद नछाड्ने अडान दोहोर्याउँदा अर्का अध्यक्ष प्रचण्डले अब हठले पार्टी नचल्ने प्रष्ट पार्नु भएको बताइएको छ ।

स्थायी कमिटीमा अल्पमतमा परिसकेको अवस्थालाई मध्यनजर गर्न पार्टीको बहुमतको भावनाको कदर गर्न ओलीलाई प्रचण्डले पुनः दबाब दिएको बताइए पनि ओलीले भने सरकारले पार्टी र देशको छवि राख्ने काम गर्दागर्दै समस्यामा पार्ने काम गरिएको भन्दै राजीनामा नदिने अडान राख्नु भएको बताइएको छ ।

वार्तामा दुवै अध्यक्षको तर्फबाट दुई/दुई नेताहरु साथै राखिएका थिए । प्रधानमन्त्री ओलीको तर्फबाट पार्टीका महासचिव विष्णु पौडेल र शंकर पोखरेल हुनुहुन्थ्यो भने प्रचण्डका तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन सहभागी हुनुहुन्थ्यो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com