प्रधानमन्त्रीले भेट्नुभयो अनशनरत युवालाई


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको सबल व्यवस्थापनको माग गर्दै अनशनरत युवालाई भेट्नु भएको छ ।

प्रधानमन्त्री ओलीले आज ह्याम्स अस्पताल पुगेर ‘इनफ इज इनफ’ समूहका अनशनकारीको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।

भेटमा प्रधानमन्त्रीले सरकार कोभिड–१९ नियन्त्रण गर्न पारदर्शी ढङ्गले सक्रिय रहेको उल्लेख गर्नुभएको थियो । पाटन दरबार स्क्वायरमा गत सातादेखि अनशन बसेका युवाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com