काठमाडौंमा ३२ जना नयाँ कोरोना संक्रमित थपिए


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

काठमाडौं उपत्यकामा गत चौबीस घण्टा ३२ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक पुरुष कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक पुरुष, भक्तपुरका दुई पुरुष, काठमाडौंका १७ महिला र ११ पुरुषमा कोरोना देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com